coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मिडियाको गरिमा र मूल्यको सम्मान गर

दि वल्र्ड एसोसिएसन अफ प्रेस काउन्सिल (डब्लुएपिसी) ले मिडियाको गरिमा र मूल्यको सम्मान गर्न सरोकारवाला निकायलाई आग्रह गरेको छ। काउन्सिलले कोभिड–१९ का कारण विश्वभरका मिडियामा परेको भयावह प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो।

कोरोनाविरुद्ध अन्य योद्धाजस्तै मिडिया पनि इतिहासमै पहिलोपटक व्यक्तिगत र संस्थागत ढंगले सिकार भएको काउन्सिलले जनाएको छ। विभिन्न मुलुकमा महामारीको रिपोर्टिङका क्रममा प्राणघातक रोगबाट कैयौं पत्रकारले ज्यान गुमाएको काउन्सिलले जनाएको छ। कोभिड–१९ ले मिडियामा विकराल आर्थिक संकट निम्त्याएको उक्त संस्थाले जनाएको छ।

संस्थागत रूपमा विभिन्न मिडिया आउटलेटहरूको सञ्चालन बन्द भएको र ठूला भनिएका र स्थापित मिडियाले समेत आफ्ना मिडिया प्रकाशन तथा प्रसारण बन्द गरेको काउन्सिलले जनाएको छ। महामारीका कारण आम्दानीको स्रोत मानिने सरकारी तथा निजी क्षेत्रका विज्ञापनमा असर परेकाले मिडिया संकटमा परेको संस्थाले जनाएको छ। यसले पत्रकारहरूलाई व्यक्तिगत रूपमा पनि असर पारेको जनाएको छ। यसले गर्दा कतिपय पत्रकारले जागिर गुमाएको र कतिपयको तलबसुविधा कटौती गरिएको संस्थाले जनाएको छ। कोरोकाको असर मिडिया क्षेत्रमा परे पनि पाठक तथा श्रोताहरूको संख्यामा भने कुनै कमी नआएको काउन्सिलले जनाएको छ।  

डब्लुएपिसीले विश्वभरका प्रेस काउन्सिल तथा समान किसिमका संस्थाहरूमार्फत विभिन्न अनलाइन बैठक आयोजना गरिरहेको र कोरोना भाइरस महामारीका बेला र पछि पत्रकारहरूलाई हटाउने वा उनीहरूको सेवासुविधा कटौती गर्ने काम नगर्न मिडिया व्यवस्थापकहरूलाई आग्रह गरेको डब्लुएपिसीले जनाएको छ। काउन्सिलले विभिन्न मुलुकका सरकारहरूलाई तत्काल हस्तक्षेप गरेर राज्यको चौथो खम्बा मानिने मिडियाको रक्षा गर्न पनि आग्रह गरेको जनाएको छ।

 

प्रकाशित: २ असार २०७७ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App