७ वैशाख २०८१ शुक्रबार
समाज

ट्रक दुर्घटनामा चालकको मृत्यु

मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना६ख ६६५ नम्बरको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा दुर्घटना हुँदा सल्यानको त्रिवेणी गाउँपालिका–७ का ३२ वर्षीय ट्रक चालक विष्णु परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।  

दुर्घटनामा घाइते सहचालक दाङका २० वर्षीय सूर्यबहादुर बुढाथोकीको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ । तनहुँमा सोमबार भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु भएको छ ।  दुर्घटनामा १४ जना घाइते भएका छन् ।

त्यस्तै, व्यास नगरपालिका–५ अलैचेमा सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन् । व्यास–५ चापाघाटबाट मानुङकोट श्रमिक लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक नवराज तिमल्सेनाले जानकारी दिए । नयाँ ट्याक्टर (अन टेस्ट)का रुपमा रहेकाले नम्बर नभएको र दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको दमौली अस्पतलामा उपचार भइरहेको छ । गम्भीर घाइते ३० वर्षीया अनिता थापा मगर, २७ वर्षीय इन्द्रबहादुर आले र  २७ वर्षीया कमाया थापाको मेट्रोसिटी अस्पताल पोखरामा उपचार भइरहेको डिएसपी तिमल्सेनाले बताए । 

प्रकाशित: १ असार २०७७ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App