coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णालीमा १ सय १० नयाँ कोरोना संक्रमित थपिए

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार एक सय ७ जनामा कोरोना भाइरसका नयाँ विरामी फेला परेका छन् भने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ३ जना कोरोना भाइरसका विरामी थपिएका छन्। सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति निकाल्दै नयाँ संक्रमितहरुको संख्या सार्वजनिक गरेको हो। 

नयाँ थपिएका विरामीहरुमा दैलेखका ९१ र सुर्खेतका १९ जना रहेका छन्। दैलेखको नौमुले गाउँपालिकामा ८७ जना, नारायण नगरपालिकामा ३ जना र दुल्लुनगरपालिकामा १ जना रहेका छन्। त्यस्तै सुर्खेतको बराहताल गाउँपालिकामा ३ जना, चौकुने गाउँपालिकामा ३ जना, लेकबेसीं नगरपालिकामा ४ जना, पंन्चपुरी नगरपालिकामा ८ जना, सिम्ता गाउँपालिकामा १ जना रहेका छ। कर्णाली प्रदेशमा दैलेख सवैभन्दा धेरै ६ सय २९ जना कोरोना संक्रमित परिक्षणका क्रममा फेला परेका छन्।  

प्रकाशित: १ असार २०७७ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App