coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संविधान संशोधन विधेयक पारित भएको खुसीयालीमा दिप प्रज्वलन

संविधान संशोधन विधेयक संसदबाट पारित भएको खुसीयालीमा अर्घाखाँचीका सर्वसाधारणले थपिएको भूभागसहितको नक्सामा दिप प्रज्वलन गरेका छन् । नेपालको जमिन नक्सामा ल्याउन नेपालका सम्पूर्ण राजनितिक दलहरु एकै ठाउमा आएर राष्ट्रियताको पक्षमा एकजुट भएको खुसीयालीमा दिप प्रज्वलन गरिएको हो ।  

सन्धिखर्कका स्थानीय वासिन्दाहरु आफै शान्ती बगैचामा सामाजिक दुरी कायम गर्दै जम्मा भएर कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटिएको नक्सा बनाएर दिप प्रजवलन गरेका हुन् । नेपाल विद्यार्थी संघको आयोजना भएपनी कार्यक्रममा नेकपा, नेपाली कांग्रेस, साझा पार्टी लगायतका दल तथा नागरिक समाजको पनी सहभागिता रहेको थियो ।  

राष्ट्रियताका सवालमा अर्घाखाँचीका सबै दल, संघसंस्था, सार्वजनिक निकाय एकै ठाउँ भएको नेकपा नेता प्रेम नारायण गैरेले बताए । ‘यो ऐतिहासिक क्षण हो, राष्ट्रियताका सवालमा अर्घाखाँचीका सबै पक्ष एकै ठाउँ छन्,उनले भने,‘अन्य विकास निर्माणका काममा पनी एक ढिक्का भएर अँगाढी बढ्नु पर्छ ।’

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्ण खनालले सरकारका अनैकौं नराम्रा पक्ष भएपनी राष्ट्र र राष्ट्रियता पक्षमा प्रतिपक्ष भन्दापनी राष्ट्रप्रेमीको रुपमा उभिएको बताए । 

प्रकाशित: ३१ जेष्ठ २०७७ १५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App