coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संक्रमितको बढ्दो ग्राफ, भरिँदै आइसोलेसन बेड

प्रदेश २ मा संक्रमितको संख्या १८०६

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १८०६ पुगेको छ । शुक्रबार दिउँसो थप दुई सय चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १८०६ पुगेको प्रदेश २, स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रसाशक विजयकुमार झाले बताए ।  

झाकाअनुसार थपिएका संक्रमितमा ९ महिला र १ सय ९५ पुरुष छन । सप्तरीमा १८ जना, सिराहामा ११ जना, धनुषामा १५ जना, महोत्तरीमा १६ जना, सर्लाहीमा ५७ जना, रौतहटमा ८६ जना र बारामा १ जना कोरोना संक्रमित थपिएका छन ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकाको क्वारेन्टिनमा बसेका १६ जना पुरुष,  महादेवा गाउँपालिकाका १ जना पुरुष र बोदेबरसाईन नगरपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिराहाको सिराहा नगरपालिकाको शूर्यनारायण सत्यनारायण मरबैता यादव क्वारेन्टिनका ९ जना पुरुष, कर्जन्हा नगरपालिकाका १ जना पुरुष र गोलबजार नगरपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टिनमा रहेका ७ जना, जनकपुर उप महानगरपालिकाका  ५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । धनुषाकै क्षीरेश्वरनाथ नगरपालिकाका १ जना, सबैला नगरपालिकाका १ जना र र मिथिलाबिहारी नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।  

महोत्तरीको भंगहा नगरपालिकाका २ जना पुरुष, मठिहानी नगरपालिकाका ५ जना पुरुष, सम्सी गाउँपालिकाका १० जना पुरुषहरुमा संक्रमण पुष्टि भएको छ ।  

सर्लाहीको बिष्णु गाउँपालिकाका ११ जना पुरुष, हरिपुर्वा नगरपालिकाका  ३ जना पुरुष, ईश्वरपुर नगरपालिकाका ३ जना पुरुष, हरिवन नगरपालिकामा ६ बर्षिय बालिकासहित ३० जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीकै बसबरिया नगरपालिकाका उमेर खुल्न नसकेका ३ जना पुरुषसहित ४ जना, पर्सा गाउँपालिकाका २ जना पुरुष, ब्रम्हपुरी गाउँपालिकाका २ जना पुरुष, कौडेना गाउँपालिकाका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।  

रौतहटको परोहा नगरपालिकाका ८ बर्षिय बालकसहित १८ ८६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । बाराको  २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।  

भरिँदै आइसोलेसन

सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल अन्तर्गतको साईकृष्ण कोभिड–१९ अस्पतालको आइसोलेसन कक्षमा ७ महिला र ९३ जना पुरुषगरी कुल १०० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । जिल्लामा कुल संक्रमित १ सय ३८ मध्ये १ सय २ जना आईसोलेसनमा जना थपिएसँगै यस अस्पतालको बेड भरिएको छ ।

सिरहाको महेन्द्र गेनाई कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा १६ जना पुरुष र २ जना महिला गरि कुल १८ कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । जिल्ला कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा २२ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । शुक्रबार ११ जना संक्रमित थपिएसँगै बेड अभाव भएको छ ।  जिल्ला अस्पताल सिरहाका प्रमुख डा. नागेन्द्र यादवकाअनुसार सिरहाके चन्द्र माध्यमिक विद्यालयमा आइसोलेसन बार्ड तयार पारेर थपिएका ११ जना संक्रमितलाई राखेका छौ । अव यसै ठाउँमा करिब एक सय बेड क्षमताको आइसोलेसन बार्ड तयार पार्दै छौं, उनले भने ।  

धनुषाको प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको विपी मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा १ जना महिला र ६० जना पुरुषहरु गरी कुल ६१ जना कोरोना संक्रमितहरुको  उपचार भइरहेको छ ।

महोत्तरीको जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा ७७ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला अस्पताल अन्तर्गत मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित १ सय ३३ जना पुरुष र ९ जना महिला गरी कुल १ सय ४२ जना कोरोना संक्रमितहरुकोे उपचार भइरहेको छ । सर्लाही जिल्लाकै फरहदवा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा १ जना महिला र ९ जना पुरुषहरु गरी कुल १० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।  

रौतहट जिल्ला स्थित चपुर अस्पतालमा २ जना महिला र ३१ जना पुरुष गरी ३३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहट जिल्ला स्थित गौर नगरपालिकामा रहेको गौर नर्सिङ्ग ईन्स्टिच्यूटको आईसोलेसन कक्षमा २ जना महिला र ३१ जना पुरुष गरी कुल ३३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । 

रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिका स्थित जय किसन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला र ९५ जना पुरुषगरी कुल ९७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । रौतहड जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा १९ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।  

बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ३ जना महिला ३० जना पुरुषगरी कुल ३३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा ३३ जना पुरुष र ६ जना महिलागरी कुल ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।  

त्यसैगरी सिराहा जिल्ला सिराहा नगरपालिका स्थित सिराहा कोभिड विशेष अस्पताल सिराहामा १७ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड १९ विशेष अस्पतालमा ६ जना गरी कुल २३ जना कोरोना आशंकितलाई भर्ना गरिएको छ ।

प्रकाशित: ३० जेष्ठ २०७७ १५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App