coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दमौलीमा सरकारविरुद्ध युवा प्रदर्शनमा

दमौलीमा युवाहरुले गरेको मौन प्रदर्शनमा सहभागीहरु । तस्बिर : श्रीहरि पौडेल

कोरोना महामारी नियन्त्रणका नाममा सरकारले गरिरहेको लापरवाही र राज्य कोषको दुरुपयोगका विरोधमा शुक्रबार तनहुँमा युवाहरुले सडक प्रदर्शन गरेका छन् । युवाहरुको अगुवाईमा स्वस्फुर्त रुपमा तनहुँको दमौलीमा प्लेकाडसहित मौन प्रदर्शन गरिएको हो ।  

कोभिड–१९ नेपाल, इनफ इज इनफ ग्रुपको आयोजनामा दमौलीमा युवाहरुको मौन प्रर्दशनले सरकारको विरोध गरेको हो । सरकार भ्रष्टाचारमा लिप्त भएको, स्वास्थ्य सामग्री खरिदमा भएका भ्रष्टाचारका ठूलाठूला तथ्य सार्वजनिक गर्दा पनि सरकार चुपचाप बसेको, आरडिटी मात्र परीक्षण गरेर जनतालाई क्वारेन्टिनमै ज्यान गुमाउन बाध्य हुँदा पनि सरकार चुपचाप बसेको लगायतका कारण देखाउदै प्रदर्शन गरिएको ग्रुपका सदस्य सागर घिमिरेले बताए ।  

प्रदर्शनमा सहभागीहरुले १० अर्ब खोइ ? तपाईले सम्पर्क गर्न खोज्नुभएको सरकार भ्रष्टचार गर्न व्यस्त छ, चिया छानेको दश अर्ब पचाउन कति जानेको, जनताको ठाउँमा उभिएर एकचोटी हेर्ने हो की ? बाच्दासम्म हाहाकार मरेपछि पिसीआर, सबै नागरिकको पिसीआर टेष्ट अनिवार्य गर, सरकार आत्महत्याको दर हेर इम्युनिटी पावर होइन, क्वारेन्टिन व्यवस्थित गर जस्ता नारा भएका प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।  

लकडाउनमा जनतालाई घरमा थुनेर सरकारले कोरोना नियन्त्रणको बहानामा राज्य कोषको चरम दुरुपयोग गरिरहेकाले सडकमा आउनुपरेको विरोधमा उत्रिएका अविनाश अधिकारीले बताए । ‘अहिले कोभिडको संक्रमणमा सरकार चेकजाँच परीक्षणमा ध्यान नपुगेको कारण विरोधमा उत्रिनुपरेको हो,’अधिकारीले भने । दमौलीमा दशबजेबाट ११ बजेसम्म मेनचोकमा युवाहरुले प्लेकार्डसहित मौन प्रदर्शन गरेका हुन् ।

प्रकाशित: ३० जेष्ठ २०७७ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App