coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्लाहीको नाकामा आएका भारतीयले सशस्त्र प्रहरीका हतियार खोसेपछि हवाइ फायर

सर्लाहीको दक्षिण–पूर्वी भारतीय सीमास्थित पर्सा गाउँपालिका अन्तर्गत नारायणपुर नाकामा खटिएको सशस्त्र प्रहरीले गोली प्रहार गर्दा कम्तिमा पाँच भारतीय नागरिक घाइते भएका छन्।  जबर्जस्ती नेपाल छिर्न पाउनुपर्ने माग राखेर भारतबाट आएको एक समूहले सशस्त्र प्रहरीको हतियार नै खोसेर भागेपछि गोली प्रहार गर्नु परेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए।  

हतियार खोसेर भाग्दै गरेका एक भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको उनले बताए। ‘ठूलो समूहमा आएका भारतीयले आक्रमणसहित हतियार समेत खोसेपछि १० राउण्ड  हवाई फायर गर्दा समेत उक्त समूह पछाडि नहटेपछि बाध्य भएर ५ राउण्ड गोली समेत प्रहार गर्नु परेको हो’, सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘गोली लागेकाहरु भारततर्फ भागेकाले थप विवरण प्राप्त हुन सकेको छैन।’

गोली लागेका मध्ये एकजनाको मृत्यु नै भैसकेको हल्ला चलेपनि पुष्टि भने भैसकेको छैन।

बिहान ९ बजेतिर घटना भएको हो। अहिले भारतीय सुरक्षाकर्मी लगायतसँग घटनास्थलमा छलफल भैरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।  भारतबाट नेपालतर्फ सामान ओसारपसार गर्न रोकिएपछि धेरै दिनदेखि तस्करी समूहले आक्रमणको प्रयास गरिरहेको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ। केही दिनअघि पनि भारतबाट आएको एक समूहले विष्णु गाउँपालिका अन्तर्गत सिमरा फेनरा नाका स्थित सशस्त्र प्रहरीमाथि आक्रमण प्रयास गरेको थियो।

प्रकाशित: ३० जेष्ठ २०७७ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App