coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोशीमा हात्तीले छावा जन्माएपछि मृत्यु

कोशी टप्पु वन्य जन्तु आरक्षमा लक्ष्मीकली हात्तीले छावा जन्माए पनि मृत्यु हुन पुगेको छ। लक्ष्मीकलीले छावा जन्माएको साढे आठ घण्टापछि मृत्यु भएको हो । हात्तीले छावा जन्माउँदा खुसियाली छाउने गरे पनि मृत्यु भएकाले गर्दा आरक्ष प्रशासनका लागि दुःखद खबर भएको छ।  

एकातिर हात्तीका छावा नगन्य मात्र बाँच्ने गरेका छन् । जसले गर्दा आरक्षमा खुसियाली छाएको एक दिन पनि बित्न पाएन, जन्मिएको छावाको मृत्यु हुन पुग्यो । हात्तीले छावा महिना नपुगि जन्माएकाले गर्दा अपरिपक्क हुँदा बचाउन चिकित्सक टोली झिकाएपनि सम्भव हुन नसकेको कोशी टप्पु वन्य जन्तु आरक्षका वार्डेन श्यामदेव चौधरीले बताए । आरक्षमा लामो समय अन्तरमा पछिल्लो समय पाँचवटा हात्ती गर्भवती भएसँगै लक्ष्मीकलीले १६ महिना हाराहारीमा छावा जन्माएको हो ।

यसअघि यहाँ रहेका हात्तीमध्ये शोभाकलीले २०७५ असोज २५ गते छावा जन्माएको थियो । जसको नाम कोशीकली राखिएको छ। यस्तै, २०७६ असार ९ गते धमधमकलीले छावा जन्माएको थियो । जसको नाम  कुसाहाकली राखिएको छ। २०७६ असोज २६ गते सरस्वती कलीले छावा जन्माएको थियो भने २०७६ माघ ८ गते तीर्थमानकलीले छावा जन्माएको हो । कोशी टप्पुमा अहिले चारवटा छावा हात्ती छन् भने चितवन राष्ट्रिय निकुञ्जमा काजमा रहेको हात्तीको एउटा छावा त्यही  छ । जम्माजम्मी पाँचवटा छावामध्ये तीनवटा भाले र दुईवटा पोथी छन् ।  

यहाँ रहेका हात्ती अमेरिकाकाकली भने बुढेसकाल लागेकाले गर्दा अब छावा जन्माउने सम्भावना छैन । अमेरिकाकाकलीको उमेर ६१ वर्ष पुगी सक्यो ।  

हात्तीका छावा नगन्य मात्र बाँच्ने गरेका छन् । जसले गर्दा जोगाउनका लागि कर्मचारीले स्याहार गर्न अहोरात्र खटिनुपर्छ । अर्कातिर सवैभन्दा मुख्य चुनौती जंगली हात्तीबाट छावा पोथीलाई जोगाउन नै छ । कोशी टप्पुमा सवैभन्दा बढी मकुना जंगली हात्तीले विध्वंस मच्चाउने गरेको छ । कोशी टप्पुका हात्तीको भाले पनि मकुना नै हो ।  

आरक्षमा संरक्षित हाती पोथी भएकाले गर्दा तिनै हात्तीप्रति मरिहत्ते गर्ने गर्छन् ।  हात्तीले १८ महिनादेखि २२ महिनामा बच्चा जन्माउने गर्छ । हात्तीले आफ्नो आयूभर आठ पटकसम्म बच्चा जन्माउने गरेको रेकर्ड छ । तरपनि बच्चा जन्माएपछि दुर्लभै मात्रमा बाच्ने गरेका छन् ।  

त्यसो त कोशी टप्पुमा सरुवा भएका पाँचवटा हात्ती भने चितवनमै काजमा छन् । पार्वतीकली, पृथ्वीकली, कुसप्रसाद, पारसगज र तीर्थमानकाली काजमै चितवनमा छन । पार्वतीकली र पृथ्वीकली २०४७ सालताका कोशी टप्पुबाट चितवन काजमा लगिएको हो । कुसप्रसाद, पारसगज र तीर्थमानकली भने चितवनमै जन्मिएका हुन् । यी हात्तीलाई केही वर्षअघि कोशी टप्पुमा सरुवा गरिएको हो । कोशी टप्पुमा १० वटा हात्तीको दरबन्दी रहेपनि अहिले पाँचवटा माउ तथा तिनका चारवटा छावा छन ।

प्रकाशित: २८ जेष्ठ २०७७ १६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App