coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सेनाका ब्यारेकमा गाईभैंसीको दूध बन्द !

नेपाली सेनाले आफ्ना कर्मचारीलाई गाईभैंसीको दूध खान÷खुवाउन रोक लगाएको छ। कोरोना संक्रमणकै समयमा नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयले एक परिपत्र गरी गाईभैंसीको दूध खान÷खुवाउन रोक लगाएको हो।  

यही जेठ १९ गते सोमबार नेपाली सेनाका महासेनानी सन्तोषराज पाण्डेको हस्ताक्षरमा गरिएको परिपत्र अनुसार गाईभैंसीको दुधको सट्टा पाउडर दूध आपूर्ति गर्न ठेकेदारलाई निर्देशन दिइएको छ।  

नेपाली सेनाले माघमा सैनिक ब्यारेकहरुमा रासन आपूर्ति गर्न ठेक्का लगाएको थियो। ठेक्का अनुसार मुलुकभर १२ जना ठेकेदारलेले सेनाको सबै ब्यारेकमा रासन आपूर्ति गरिरहेका छन्।  सेनाले तोकेको मापदण्ड अनुसार ठेकेदारले रासन आपूर्ति गरिरहेका बेला आपूर्ति तथा परिवहन निर्देशनालयले गाईभैंसीको दूधको सट्टा होल मिल्क (पाउडर) दूध दिन परिपत्र गरेपछि ठेकेदारले विभिन्न डेरी उद्योग र गाईपालकसँग गरेको सम्झौतासमेत रद्द गर्नुपर्ने अवस्था आएको छ। परिपत्रपछि एक वर्षसम्म किसानले उत्पादन गरेको दूध नेपाली सेनाका ब्यारेकमा आपूर्ति गर्न पाइने छैन।

सेनाले ठेकेदारले सम्झौताविपरीत दूध आपूर्ति गरेको भन्दै रोक्न परिपत्र गरेको जनाएको छ। सैनिकलाई गाईभैंसीको दूध मन पर्ने भएपछि ठेकेदारले पाउडर दूधको बजार भाउभन्दा निकै कमदर रेट हाल्ने र अहिलेचाहिँ दिन सकिँदैन भनेर पन्छिन थालेपछि पाउडर दूध उपलब्ध गराउनु भनी परिपत्र गरेको दाबी सेनाको छ।  

सैनिकलाई रासनसहित दूधको पनि व्यवस्था गरिन्छ। ‘ठेक्का सम्झौतापछि  आपूर्तिकर्ताले अस्वाभाविक रुपमा कम दररेटमा कबुल गरेकै कारण दूध बजारमा उपलब्ध नभएको भनी निवेदन दिने र आपूर्ति नगर्ने प्रवृत्ति देखिएको, हाल बजारमा होल मिल्क (पाउडर) र डेरी वा गाईभैंसीको दूध आवश्यक परिणाममा उपलब्ध नभएको देखिएको र कोभिड—१९ बाट आन्तरिक व्यापारमा परेको नकारात्मक प्रभावसमेतलाई सम्बोधन गर्नसमेत राष्ट्रिय उत्पादनलाई टेवा दिनुपर्ने हुँदाहुदै पनि सम्झौता अनुसार स्पेसिफिकेसनमा उल्लेख भएबमोजिम गुणस्तरमा कुनै सम्झौता नगरी होल मिल्क पाउडर र डेरी वा गाईभैंसीको दूध बराबर परिणाममा नेपाल सरकारको सार्वजनिक खरिद ऐन नियमावलीको मर्म र भावना अनुसार उपलब्ध गराउने व्यवस्था गर्नु भई सोही अनुसार बिल उपलब्ध गराउनु’, परिपत्रमा भनिएको छ। माघ ६ गते भएको सम्झौतामा होल मिल्कको साटो गाईभैसीको दूध उपलब्ध गराउने उल्लेख छ।  

यसअघि सेनाले बहुराष्ट्रिय कम्पनीबाट आयत गरिएको होल मिल्क (पाउडर) उपलब्ध गराउने सम्झौता गथ्र्यो तर यसपटक सबै ब्यारेकको माग अनुरुप गाइभैंसीको दूध उपलब्ध गराउने सम्झौता भएको थियो। ‘यसअघि रासनसँगै बहुराष्ट्रिय कम्पनीहरुले उत्पादन गर्ने दूध नै दिने गरिएको थियो। यसपटक भने नेपाली सेनाकै कर्मचारीको आग्रहमा स्थानीय स्तरमै किसानले उत्पादन गरेको गाईभैसीको दूध दिने सम्झौता भएको थियो। तर किन हो ठेक्का सम्झौता भएको पाँच महिनापछि सेनाले अर्को परिपत्र ग¥यो’, एक ठेकेदारले भने। नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने माघमा गरिएको सम्झौता अनुसार नै ठेकेदारलाई दूध उपलब्ध गराउन परिपत्र गरेको बताए। उनका अनुसार नेपाली सेनाले ५० प्रतिशत गाइभैंसीको दूध खुवाउन र ५० प्रतिशत पाउडर दूध खुवाउन भन्ने सम्झौता गरेको र त्यसअनुसारको दूध नदिएपछि सेनाले परिपत्र गरेको हो।

‘सम्झौतामा जे उल्लेख छ त्यही खोजेको हो सम्झौतमा ५० प्रतिशत गाईभैसीको दूध र ५० प्रतिशत पाउडर दूध खुवाउने उल्लेख छ, ठेकेदारले टेन्डर हाल्दा पाउडर दूधको मूल्य सूची बजारमा भएको दररेट भन्दा निकै कम हाल्ने गरेको र अहिले घाटा लाग्ने अवस्था आएपछि किसानसँग जोडेर सेनाले दूध लिन मानेन भन्नुहुन्छ, त्यसो होइन। उहाँहरुले सम्झौता पालाना गर्न नखोज्नु भएको हो’, सहायक रथी पाण्डेले भने।

स्रोतका अनुसार अहिले दुग्धविकास संस्थानमा पाउडर दूध मौज्दात छ। ठेकेदारहरुले स्थानीय तहका किसनाद्वारा संचालित दुग्ध सहकारीसँग एक वर्षको सम्झौता गरी दूध संकलन गर्दै सैनिकलाई खुवाउँदै आइरहेका थिए। ठेक्का प्रक्रियामा गाईभैंसीको दूध वा डेरीको दूध नपाएमा होल मिल्क (पाउडर) खुवाउनु भन्ने उल्लेख छ। मासिक चार लाख लिटर दूध सेनाभित्र खपत हुँदै आएको थियो। तर, सेनाको परिपत्रले किसानको दूध नबिक्ने, खेर जाने अवस्था आएको छ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App