coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गाडी खस्दा एकको मृत्यु

भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ३ झौखेल कालीखोलास्थित कालीघाटमा गाडी खस्दा एकजनाको मृत्यु भएको छ । ब्यासीबाट झौखेलतर्फ जादै गरेको बा ५ ख ३११ नं.को महाशक्ति इट्टा भट्टाको महेन्द्र निसान मिनिट्रक सडकबाट खोलामा झरी दुर्घटना हुँदा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल बस्ने वर्ष अन्दाजी ३५ का नवराज लासिवाको मृत्यु भएको हो ।  

जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ब्यासीबाट मोबाइल गस्तीमा रहेको प्रहरी अधिकृतको टोली तत्कालै पुगी हेर्दा सडकबाट कालीखोलामा गाडी खसी दुर्घटना भई चालक गाडीले नै च्यापिएको हुँदा क्रेनको सहयोगमा गम्भीर घाइते भएका उनलाई डा. ईवामुरा अस्पताल सल्लाघारी भक्तपुर पुर्‍याउदा डाक्टरले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

क्षति भएको मिनी ट्रकलाई क्रेनको सहयोगले निकालिएको छ । लापरवाही तरिकाले तीब्र गतिमा सवारी चलाउदा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रकाशित: २६ जेष्ठ २०७७ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App