७ वैशाख २०८१ शुक्रबार
समाज

रोल्पामा पनि भेटिए कोरोना संक्रमित

रोल्पामा पहिलो पल्ट तीन जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । गत १२ गते भारतबाट आएर सुनिलस्मृती गाउँपालिकाको क्वारेन्टिनमा बसेका उनिहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । दाङ राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एक जना र नेपालगञ्जमा गरिएको परीक्षणमा दुई जना गरि तीन जनाको रिपोर्टमा संक्रमण भएको पुष्टी भएको हो ।  

सुनिलस्मृती गाउँपालिका ५ र ६ नम्बर वडाका २०, २२ र २७ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएपछि उनिहरुलाई सदरमुकामस्थीत जलजला बहुमुखी क्याम्पसमा तयार गरिएको आइसोलेसन कक्षमा ल्याउने तयारी गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रकृती भट्टाईका अनुसार उनिहरु स्वास्थ्य अवस्था सामान्य छ । सुनिलस्मृती गाउँपालिकाका अनुसार सुनिलस्मृती गाउँपालिकाका अरु २ सय ७६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ । 

प्रकाशित: २५ जेष्ठ २०७७ १०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App