८ वैशाख २०८१ शनिबार
समाज

उदयपुरमा थप तीन जना संक्रमित पुष्टि

शिवाईमा स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । तस्बिरः महेश्वर

पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणोन्मुख देखिएको उदयपुरमा आइतबार थप ३ जना संक्रमित फेला परेका छन् । सातादिनअघि संकलन गरी पठाइएको पिसिआर परीक्षण रिपोर्टमा जिल्लाको बेलका नगपालिका ३ का २ जना र चौदण्डीगढी नगरपालिका १ का १ जनामा संक्रमण पुष्टि भएको हो ।

बेलका ३ को एबिसी टप्पुका ३५/३६ वर्षका संक्रमित महिला र पुरुष श्रीमान–श्रीमती भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । भारतबाट आएका उनीहरु गत १५ गतेदेखि एबिसी आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएका थिए । विहान मात्र आएको रिपोर्टमा संक्रमित देखिएका ३ जना सबैलाई आइतबार दिउँसोसम्ममा कोरोना विशेष अस्पताल लगिसक्नेगरी तयारी भईरहेको स्वास्थ्य प्रमुख मोहन सुबेदीले बताएका छन् । उनीहरुको स्वास्थ्य अवस्थाा भने सामान्य रहेको सुबेदीले बताएका छन् ।

बेलका नगरपालिकाले भारतलगायत बिभिन ठाउँबाट नगरपालिका भित्रिने ५५ महिला र  २ सय २५ पुरुष गरी २ सय ८० को परीक्षण गर्दा उनीहरुमा संक्रमित देखिएको नगरप्रमुख दुर्गाकुमार थापाले बताएका छन् । उनका अनुसार स्थायी घर भोजपुर भए पनि एबिसी टप्पुमा बस्दै आएका उनीहरु भारतको मेघालय (कोईला खानी) बाट वैशाख १५ गते मात्र बेलका आईपुगेलगत्तै क्वारेन्टाईनमै राखिएका थिए । नयाँ मान्छे बाहिरबाट आउन चाहेमा नगरपालिकामा संपर्क गरे यातायात र खाने बस्ने सेवासहित नगरपालिकासम्म ल्याउन फोकल पर्सनको व्यवस्था मिलाइएको मेयर थापाले बताएका छन् ।

यता चौदण्डीगढी १ शिवाईका भेटिएका सक्रमित काठमाडौंदेखि केही समयअघि आएको बताइएको छ । लकडाउन सुरु हुँदासम्म घरमै रहेका उनी जरुरी काम छ भन्दै यो बीचमा काठमाडौं गएका थिए । तर, त्यहाँ घरधनीले बस्न नदिएपछि फर्कदा मोटरसाइकलमा अर्काे एकजना साथीसमेत लिएर आएका थिए । उनलाई सामान्य ज्वरो देखिएपछि साथीसँगै उनलाई शिवाईस्थित मदर्साको क्वारेन्टिनमा राखिएको नगरप्रमुख खगेन्द्र राईले बताएका छन् ।  

मेयर राईका अनुसार चौदण्डीगढीमा पछिल्लो पटक गरिएको १८ जनाको स्वाब परीक्षणमा उनी सक्रमित पुष्टि भएका हुन् । चौदण्डीगढीमा पछिल्लो समय भारतलगायत बिभिन्न ठाउँबाट आएका २६ महिला र १ सय ६१ पुरुष गरी १ सय ८७ को पिसिआर परीक्षण गरिएको छ । जसमा अन्यको रिपोर्ट नेगेटिभ देखिएको छ ।  

वैशाख ५ गते त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदका १६ मध्ये ११ जमातिमा संक्रमण पुष्टि भएसँगै ‘कोरोना इपिसेन्टर’ हुन पुगेको उदयपुर पछिल्लो ३ सातायता नियन्त्रणोन्मुख पाइएको थियो । ७ महिलासाहित ३३ संक्रमित पाइएपछि जेठ ३ गते पछिल्लो संक्रमित पत्रकार राकेश नेपालीपछि थप संक्रमित देखिएका थिएनन् । भुल्केमा संक्रमण नियन्त्रण भएको ठहर गर्दै सदरमुकाममा लकडाउन आंशिक खुकुलो गर्दैगर्दा जिल्लामा नयाँ संक्रमित देखिएपछि जनजीवन पुनः असामान्य बन्ने खतरा बढेको बढेको छ । 

प्रकाशित: २५ जेष्ठ २०७७ ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App