६ चैत्र २०८० मंगलबार
समाज

संक्रमितमा बढ्दै आत्मविश्वास, रौतहटका २१ जना डिस्चार्ज

कोरोना संक्रमितहरु स्वस्थ्य भएर आइसोलेसनबाट बाहिरिन थालेपछि आत्मबल बढ्न थालेको छ । रौतहटका २१ जना कोरोना संक्रमित विभिन्न आइसोलेसनबाट स्वस्थ भएर आफ्नो घर फर्किएपछि रौतहटका विभिन्न आइसोलेसनमा रहेका संक्रमितहरुमा आफू पनि निको हुने आत्मविश्वास बढ्न थालेको हो ।

रौतहटको गौर नगरपालिकास्थित गौर नर्सिङ क्याम्पस आइसोलेसनबाट शनिवार १८ जना घर फर्केका छन् । निको भएर आफ्नो घर फर्किनेमा ईशनाथ नगरपालिकाका १०, राजपुर नगरपालिकाका ७ र माधव नारायण नगरपालिकाका एक जना रहेका छन् । निको भएर घर फर्किनेहरुमा माधव नारायण नगरपालिकाका एक जना महिला बाहेक बाँकी सबै पुरुष रहेका छन् ।

२० दिन आइसोलनमा बसेर निको भई घर फर्किने बेलामा स्वास्थ्यकर्मीहरुले सबैलाई फूलमाला र अबिर लगाएर तथा ताली बजाएर विदाइ गरेका थिए । आइसोलेसनमा रहेका थप १७ जनाको पनि स्वाब संकलन गरी परीक्षणको लागि टेकु पठाइएको जिल्ला अस्पताल गौरका सुपरिटेन्डेन्ट डा. कृष्णा साहले जानकारी गराएका छन् । यस अघि रौतहटका तीन जना पहिले नै कोरोना संक्रमणबाट निको भएर घर फर्किसकेका छन्।

प्रकाशित: २५ जेष्ठ २०७७ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App