coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चौरजहारी घटनाः दोषीलाई कारबाहीका लागि दवाव सिर्जना गर्न खोटाङमा संघर्ष समिति

जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीका लागि दवाव सिर्जना गर्न खोटाङमा संघर्ष समिति बनाइएको छ। मल्ल थरकी एक युवतीलाई लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्नका लागि सरकारलाई दवाव दिन दिपक ठटालको संयोजकत्वमा २७ सदस्यीय संघर्ष समिति गठन गरिएको हो।

सरकारले दोषीलाई कारबाही गर्ने सुनिश्चितता नगरेसम्म दवावमुलक गतिविधि सञ्चालनका लागि दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ती सम्मिलित संघर्ष समिति गठन गरिएको हो। वर्तमान सरकार तथा सरकारका जिम्मेवार व्यक्तीले पश्चिमरुकुम घट्नालाई गम्भीरतापुर्वक नलिँदा नवराजसहितका युवाको अवस्था निर्मला पन्तकोजस्तै परिणाम विहिन हुने आशंका जन्माएको संघर्ष समितिको आशंका छ।  

घट्नाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबीन गरी हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि जिल्लाका १० वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने, पुत्ला दहनसहित जुलुस निकाल्ने, दलितद्धारा निर्मित हतियार प्रदर्शन सहित मार्च पास गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघर्ष समितिका संयोजक ठटालले बताए।

प्रकाशित: २५ जेष्ठ २०७७ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App