८ वैशाख २०८१ शनिबार
समाज

हिरासतमा रहेकालाई कोरोना देखिएपछि त्रास

आइतवार कोरोना संक्रमण पुष्टि भएका गोरखाका १० जना माध्ये एक जना प्रहरी हिरासतमा छन्। ९ जना क्वारेन्टिनमा बसेकालाई कोरोना देखिएको हो भने जवरजस्ती करणी उद्योगमा पक्राउ परेका पालुङटारका १७ वर्षिय युवकलाई हिरासत भित्र रहँदा कोरोना भेटिएपछि त्रास बढेको छ।  

जेठ ११ गते पक्राउ परेका युवक नाबालक रहेकाले उनलाई पोखरास्थित सुधारगृह पठाउन पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। ‘पक्राउ परेका सबैको हामीले आरडिटी परीक्षण गर्छौँ’ जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले भने ‘ती युवकको पनि आरडिटी नेगेटिभ थियो।’ सुधार गृहले पिसिआर जाँच गरेर मात्रै राख्ने बताएपछि चेकजाँच गरिएको थियो।  

नाबालक रहेकाले उनलाई जिल्ला प्रहरी कार्यालयमा छुट्टै कोठामा राखिएको डिएसपी खतिवडाले बताए। स्वास्थ्य चेकजाँचका लागि जिल्ला अस्पताल लैजाँदा, पक्राउ गर्दा, कार्यालयमा सोधपुछ र अनुसन्धानको  क्रममा भने उनी हिरासतमा रहेका अन्य ब्यक्ती, प्रहरी सँगको सम्पर्कमा छन्। आरडिटी रिपोर्टमा कोरोना पोजेटिभ नदेखिएपछि ति युवकलाई निग्रानीमा राखिएको थिएन। हिरासत कक्षको सुरक्षामा खटिएका प्रहरी, थुनुवा भेट्न आउजाउ गर्नेहरु त्रासमा छन्। प्रहरीलाई ति युवकको सम्पर्कमा आएकाहरुको पहिचान गर्न समस्या हुने भएको छ।

ति युवकलाई कसरी कोरोना संक्रमण भयो भन्ने यकिन गर्न उनको सम्पर्कमा रहेकाहरुको चेकजाँच गर्ने तयारी गरिएको छ। युवकलाई गोरखा अस्पतालका आईसोलेसनमा पठाइएको छ। ती युवक पक्राउ परेयता १० जना भन्दाबढि प्रहरी हिरासतमा थिए भने अहिले दुई जना छन्। 

प्रकाशित: २५ जेष्ठ २०७७ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App