८ वैशाख २०८१ शनिबार
समाज

भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको क्वारेन्टिनमै मृत्यु

भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका सोही वडाका सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिवार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए।

शनिवार बिहानमात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए। एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८स्३० बजेतिर मृत्यु भएको स्वास्थ्य सहायक भट्टले बताए।

मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। ती व्यक्तिसँग बैङ्गलोरबाट अरु १३ जना पनि शनिवार बिहानै पाटन आइपुगेको बताइएको छ। उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसिरहेका छन्।

यसअघि पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको यही जेठ २० गते मृत्यु भएको थियो। पुर्चौँडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो।

प्रकाशित: २५ जेष्ठ २०७७ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App