coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउनको मौका छोपी ऐतिहासिक पोखरीमा अवैध संरचना

काठमाडौंको ऐतिहासिक गहना पोखरी क्षेत्रमा भएको अवैध निर्माण रोक्न भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गहनापोखरीको सार्वजनिक जग्गा र ऐतिहासिक ठाउँ भएकाले उक्त जग्गामा भूमाफियाले पक्की संरचना निर्माण कार्य थालेकाले उक्त कार्यलाई रोक्न भन्दै शुक्रबार आयोगमा उजुरी परेको हो ।

काठमाडांै महानगरपालिका वडा–५ मा पर्ने यो पोखरी क्षेत्रमा अवैध संरचना निर्माण गर्न बाग्मती प्रदेशका सभासद नारायण सिलवालले सांसद विकास कोषको बजेट खर्चिएका छन् । तर, अवैध तरिकाले ऐतिहासिक पोखरी मास्नका लागि कोषको रकम दुरुपयोग भएको छ । उक्त संरचना बनाउँदा कुनै पनि मापदण्ड पूरा गरिएको छैन ।

यो पोखरीमा २०७२ सालको भुकम्पको बेला स्थानीयवासीले आश्रय लिएका थिए । पोखरीको पूर्वपट्टी दुई स्थान अतिक्रमण भइरहेको उजुरीमा उल्लेख छ । यसबाहेक पहिलो त्रिशक्ति क्लबले षड्मुखा भगवतीको मन्दिर छेक्नेगरी संरचना बनाइसकेको छ । उक्त संरचना बालकृष्ण खड्गी र पूर्ववडासदस्य वीरेन्द्र प्रजापतिले निर्माण गरेका हुन् । 

लकडाउनको मौका छोपी ऐतिहासिक पोखरी क्षेत्रमा संरचना खडा गर्दा स्थानीय आक्रोसित बनेका छन् । ‘अहिले सबैको ध्यान कोरोना महामारीतर्फ छ, केही व्यक्तिले ऐतिहासिक पोखरीमा कंक्रिट खडा गर्न लागेका छन्, यसलाई जोगाउनुपर्छ भनेर हामीले पहल गरिरहेका छौं,’ स्थानीय रमेश घिमिरेले भने । उनका अनुसार यस्तो अवैध कार्यमा पूर्ववडाध्यक्ष सूर्यलाल प्रजापतिलगायतको पनि मिलोमतो छ ।

प्रकाशित: २५ जेष्ठ २०७७ ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App