coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शनिबार ३२ जनाले कोरोनालाई जितेर फर्के

कोभिड- १९ लाई अहिलेसम्म ३ सय ६५ जनाले जितेका छन् । संक्रमित बढेसँगै दैनिक कोभिड– १९ बाट निको भएर घर फर्कनेका संख्या पनि वृद्धि हुँदै गएको छ। अहिलेसम्म ७० जिल्लामा तीन हजार २३५ संक्रमित पृष्टि भएका छन् । आजै मात्र ३२ जनाले जितेर घर गएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले शनिबार विभिन्न अस्पतालबाट ३२ जना डिस्चार्ज भएका जानकारी दिए। डिस्चार्जमध्ये पाँच महिला र २७ पुरुष रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३६५ पुगेको छ । तीमध्ये २९९ पुरुष र ६६ महिला छन् । 

जनकपुर प्रादेशिक अस्पतालमा रहेका धनुषा, महोत्तरी, सर्लाही, झापाका १५ जना डिस्चार्ज भएका छन् । तीमध्ये एक महिला र १४ पुरुष रहेका छन् । १८ वर्षदेखि ४५ वर्षका उनीहरु १२औँ दिनदेखि १७औँ दिनसम्म अस्पतालमा रहेर डिस्चार्ज भएका हुन्। यस्तै बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका दुई महिला र दुई पुरुष डिस्चार्ज भएका छन् । उनीहरु बाँके र गुल्मीका हुन् । २३ देखि ३५ वर्ष उमेर समूहका  उनीहरु १५औँ दिनदेखि १७औँ दिनमा डिस्चार्ज भएका हुन् ।

शुक्रबार एकै दिन ४३ जना डिस्चार्ज भएका थिए । मन्त्रालयका प्रवक्ता विकास डा देवकोटाका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १५ बर्षदेखि ४५ वर्षका तीन जना पुरुष रहेका छन् । यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र लाइन्स डेन्टल अस्पताल बाँकेबाट एक महिला र १२ पुरुष रहेका छन् । यस्तै कोशी अस्पताल विराटनगरबाट १६ वर्षदेखि ५७ वर्षका चार महिला र २३ पुरुष डिस्चार्ज भएका छन् ।

प्रकाशित: २४ जेष्ठ २०७७ १७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App