६ वैशाख २०८१ बिहीबार
समाज

कर्णालीमा थप ९८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८७

कर्णाली प्रदेशमा कोभिड १९ बाट संक्रमित हुनेको कूल संख्या ५ सय ८७ पुगेको छ । शुक्रबार एक सय थपिएपछि कोरोना संक्रमितको संख्या चार सय ८९ पुगेको थियो ।

आज थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआरबाट ४४ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणबाट ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

सुर्खेत र प्रतिष्ठान जुम्लामा आरडिटी पिसिआर परीक्षणबाट आज दैलेख दुल्लु नगरपालिकाका– ३, दैलेख महावु गाउँपालिकाको वडा नं १ मा २९ जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखाका प्रमुख डा तिवारीले बताए। त्यसैगरी डोल्पा जगदुल्ला गाउँपालिकामा एक, जाजरकोट बारेकोट गाउपाँलिकास्थित इलाका प्रहरी कार्यालयका एक जना सुरक्षाकर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जनाए।

उनका अनुसार सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा एक, भेरीगङ्गा नगरपालिकामा चार, गुर्भाकोट नगरपालिकामा एक र पञ्चपुरी नगरपालिकामा तीन जनागरी नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी वनगाड कुपिण्डे नगरपालिका सल्यानको १–७ वडाका ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाको आज सार्वजनिक तथ्यांक अनुसार सल्यान वनगाड कुपिण्डे नगरपालिकाका दुई, जाजरकोट बारेकोट गाउँपालिकाका एक र दैलेख महाबु गाउँपालिकाका चार गरी कूल सात महिलामा समेत कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित: २४ जेष्ठ २०७७ १७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App