१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीबाट निजगढलाई बचाउन कार्यमा लाग्दा बदनाम गरियो : जनप्रतिनिधि

बकैया खोलाबाट नदीजन्य पदार्थलाई उत्खन्न गरेर पुर्व तिर नदी नियन्त्रण नगरिको देखाउँदै नगर प्रमुख र उप प्रमुख ।

बकैया खोलामा आउने बाढीको पानीबाट निजगढलाई डुबानबाट बचाउन शुरु गरिएको नदी नियन्त्रणको कार्यसँग जोडिएर बदनाम र दुख दिने कार्य गरिएको निजगढका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्।

आउने बर्खाको बेलामा बकैया खोलाको बहावलाई पश्चिम तिर परिर्वतन नगरिए निजगढ नै डुबानमा पर्ने भएकोले थुप्रीएको नदीजन्य पदार्थलाई हटाउनै पर्ने भए पनि यस समस्यालाई  गम्भिरता साथ लिन  जनप्रतिनिधिहरूले शनिबार निजगढ नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलनमा सम्बन्धित पक्षसँग आग्रह समेत गरेका  छन्।

जेठ २० गते जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिँहको नेतृत्वमा रहेको खोलाहरूको अनुगमन समितिले निजगढ नगरपालिकाबाट बकैया खोलाको नदीजन्य पदार्थको ठेक्का सकर गरेको ठेकेदारको स्काभेटर नियन्त्रणमा लिएर तीन लाख रुपैयाँ जरिवाना गरेको र निजगढको जनप्रतिनिधिहरूको मिलोमतोमा बकैया खोलामा मापदण्ड बिपरीत उत्खनन् गरिएको केही सञ्चार माध्यममा समाचार आएपछि पत्रकार सम्मेलन त्यस कार्यको निजगढका जनप्रतिनिधिहरूले बिरोध गरेका हुन्।

निजगढ नगरपालिकाको वाड नम्बर ४, ८ र ९ भएर बहने बकैया नदीमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार खोलाको उत्खनन् कार्य गराएपनि केही संचारमाध्यमहरूमा वास्तविक भन्दा फरक समाचारहरू प्रकाशन र प्रशारन गरिएको आरोप पत्रकार सम्मेलनमा निजगढ नगरपालिका प्रमुख सुरेश कुमार खनालले आरोप लगाए ।

बकैया खोलामा थुप्रिएको नदीजन्य पदार्थ उत्खनन् गर्दा निजगढलाई बाढीबाट बचाउनको लागि राम्रो छ वा छैन त्यसलाई समेत बुझेर जिम्मेवार निकायले कारवाही गर्दा वा कुनै संचार माध्यमा ल्याउनु पर्ने माँग समेत प्रमुख खनालले पत्रकार सम्मेलनमा भने ।

‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार खोलाको ६ वटा प्लटबाट एक करोड २२ लाख ४३ हजार जति क्युफिट नदीजन्य पदार्थ उत्खन्न गर्न भनिएको छ,’ नगर प्रमुख खनालले भने, ‘ढिलो गरि नदीजन्य पदार्थको ठेक्का लागु, अदालतको आदेश ठेक्काको काम रोक्नु र लकडाउनमा उत्खनन् नगरिनु लगायतको कारणले गर्दा ती नदीजन्य पदार्थहरू खोलामै अहिले थुप्रिएको अवस्था छ।

खोलामा थुप्रिएको एक करोड २२ लाख ४३ हजार जति क्युफिट नदीजन्य पदार्थलाई ठेकेदारले उत्खनन् गरि लैजान नदिएमा ठेकाबाट आउने लगभग साढे १० करोड राजश्व पनि कम हुने र अर्को तर्फ खोलामा आउने बाढीको पानी निजगढमा समेत पस्ने डर रहेको प्रमुख खनालले बताए।

पत्रकार सम्मेलनमा बोल्दै निजगढका नगर प्रमुख सुरेश कुमार खनाल र खनाल सँगै रहेको उप प्रमुख लिला देवी खनाल लगाएतकाहरू।

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन बकैया खोलाबाट नदीजन्य पदार्थलाई उत्खनन् गरेर पुर्व तिर नदी नियन्त्रण नगरिदा बाढीबाट आउने प्राकृतिक विपदबाट निजगढमा धन जनको ठुलो क्षति पुग्ने सम्भावनालाई बुझेर पनि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यलय, सुरक्षा निकाय लगाएतका निकायबाट सहयोगको अपेक्ष गरिएको पत्रकार सम्मेलनमा खनालले बताए।

निजगढलाई बचाउन बकैया खोलाको तटबन्ध गर्नको लागि संघिय तथा प्रदेश  सरकारका बिभिन्न मन्त्रालय , बिभाग, आयोजनाहरूमा पटक पटक जानकारी गराउँदा समेत कुनेै ठोस प्रगति हुन नसकेको अवस्थामा नदीजन्य पदार्थको व्यवस्थित उत्खन्न गरि नदी च्यानलाइज गरि मानव बस्ती जोगाउन स्थानीयहरूबाट व्यापक दवाव आएकोले हामी नदीलाईबाट निजगढलाई सुरक्षित बनाउन उदेश्यले मात्रै काम गरेको खनालले बताए।

बकैया खोलाको बाढीबाट धन जनको क्षति भएमा जनताले निजगढको जनताले हामीसँग त्यसको लेखाजोखा माग्ने भएकोले अहिले नै जनप्रतिनिधी यसमा गम्भिरताको साथ एक भएर लाग्नु परेको निजगढ नगरपालिका उप प्रमुख लिला देखि खनालले पत्रकार सम्मेलनमा बताइन्।

अहिलेका जनप्रतिनीधीहरूले राम्रो काम गरेको देखेर त्यसमा सहयोग गर्नुको साट्टो पत्रकार, प्रहरी प्रशासन  र जिल्ला समन्वय समितिलाई समेत गुमराह गर्ने काम गरिएको गुनासो उनले गरिन्।

निजगढ नगर प्रमुख सुरेश कुमार खनाल नेपाली काँग्रेस र उप प्रमुख लिला देवी तत्कालिन नेकपाबाट बिजयी भए पनि खोलामा थुप्रिएको नदीजन्य पदार्थ उत्खनन् गरेर नदीको बहाव पश्चिम तिर फर्काएर निजगढलाई बचाउन कार्यमा दुबै जना अन्य जनप्रतिनिधीहरूलाई सहमत गराएर अगाडी बढेको बताइएको छ।

पत्रकार सम्मेलनमा प्रमुख सुरेश कुमार खनालसँगै उप प्रमुख लिला देवी, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २४ जेष्ठ २०७७ १४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App