७ वैशाख २०८१ शुक्रबार
समाज

अव्यवस्थित क्वारेन्टिनले फैलियो संक्रमण

बर्दियामा थप २८ जना कोरोना संक्रमित, संक्रमित संख्या ४१ पुग्यो

राजापुर– १० मा संचालित क्वारेन्टिन । तस्बिर : निर्मल/नागरिक

बर्दियामा थप २८ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४१ पुगेको छ । यसअघि १३ जना कोरोना संक्रमित थिए । अहिले सम्म १ हजार ५ सय २९ को स्वाबको नमुना परीक्षण भएको छ भने २९ जनाको नतिजा आउन बाँकी छ । कुनै लक्षण देखिएको छैन । क्वारेन्टिनमा संक्रमण फैलिएपछि अवस्था भयाबह बन्दै गएको छ । भारत र अन्य जिल्लाबाट आएर क्वारेन्टिनमा बसेकाहरूको स्वाब परीक्षण गर्दा संक्रमित संख्या ह्वात्तै बढेको हो ।  

शनिबार सार्वजनिक भएको नतिजाले क्वारेन्टिनमा संक्रमण फैलिएको पुष्टि गरेको छ । लकडाउन सुरु भएदेखि वडावडामा क्वारेन्टिन संचालन गर्ने होड चलेको थियो । जिल्लाका अधिकांश स्थानीय तहले पसल खोलेजस्तै क्वारेन्टिन खोलेका छन् । त्यस्ता क्वारेन्टिनका लागि स्थानीयतहले लाखौं खर्च गरेको रेकर्डमा देखिन्छ । एउटै ट्वालेट, बाथरुम, कपडा प्रयोग गरिरहेकाले क्वारेन्टिनमा संक्रमण फैलिएको विज्ञको अनुमान छ ।  

तर, व्यवस्थित क्वारेन्टिन नहुँदा चेकजाँच नभई समुदायमा गएका त्यस्ता व्यक्तिबाट संक्रमण फैलिने जोखिम बढेको छ । व्यवस्थित  क्वारेन्टिन नभएर नाम मात्रको क्वारेन्टिनमा मानिसहरू कोचाकोच भएर बसेका छन् । स्वदेश र विदेशबाट आएका एउटै क्वारेन्टिनमा राख्ने गरिएको छ । जसले झन् क्वारेन्टिनमा संक्रमण बढेर व्यवस्थापन गर्न नसकिने अवस्था सिर्जना भएको छ ।

सुरु देखि नै क्वारेन्टिनको व्यवस्थापन ध्यान नजादा क्वारेन्टिनमा बाटै संक्रमण फैलिन सक्ने भन्दै सर्बसाधरण भयभित भएका छन् । भारतबाट आएर क्वारेन्टिनमा बस्ने छुट्टै व्यवस्थापन नर्गदा सबै क्वारेन्टिनमा बस्नेलाई सक्रमणको जोखिमबाट अछुतो नहुने देखिएको छ ।  

पहिल्यै देखि क्वारेन्टिनमा बसेका र नयाँ आउनेलाई  क्वारेन्टिनमा राख्दा झन संक्रमण फैलिरहेको पुष्टि भएको छ । शनिबार सार्वजनिक गरिएको स्वाबको नतिजाबाट क्वारेन्टिनमै संक्रमण फैलिएर छताछुल्ल भएको छ । क्वारेन्टिनमा बसिरहेकाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दा सर्वसाधरण भयभित बनेका छन् । 

यसअघि आरडिटि परीक्षण गराएर घर फर्केकाबाट समुदायमा संक्रमण फैलिन जोखिम बढेको स्थानीय बताउँछन् । ‘आरडिटि परीक्षण गरेर क्वारेन्टिनमा घर पठाएका अब डर भयो’ राजापुरका स्थानीय कमल चौधरीले भने, ‘तिनै बाट समुदायमा कारोना संक्रमण फैलिने जोखिम बढेको छ ।’ राजापुर नरपालिामामा पाँच, मधुवनमा चार, गुलरियामा ११, बढैयातालमा तीन, बाँसगढीमा पाँचजना संक्रमित पुष्टि भएका छन् ।जम्मा संक्रमितको संख्या ४१ पुगेको छ ।

यसैविच, कोरोना संक्रमित पुष्टि भइसकेकाको व्यवस्थापनमा समस्या  उत्पन्न भएको छ । गुलरियामा रहेका आइसोलेसनमा बेड अभाव छ । स्थानियतहले आइसोलेसन कक्ष तयार भएका छैनन । संक्रमण बढ्दो भएका कारण आइसोलेसन कक्ष स्थापना गर्न पर्ने स्थानीयले माग गरेका छन् । व्यवस्थापनका स्थानीयतहसंग समन्वय भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख गार्कण गिरीले जानकारी दिए । ‘स्थानीयतहका आईसोलेसन व्यवस्थापन गर्न समन्वय भईरहको छ’ उनले भने ।  

क्वारेन्टिनमा ब्रंह्लुट !

सरकारी ढुकुटीबाट खरिद गरेको सामानको आम्दानी बाध्न पर्छ ।  नियममा सरकारी ढुकुटीबाट खर्च गरेपछि रेकर्डका लागि आम्दानी बाध्ने गरिन्छ । त्यसले सामान खरिदमा ब्रह्लुट हुन सक्दैन । तर सामान नै जलाएर प्रमाण नष्ट गर्ने चलन चल्दा क्वारेन्टिनमा ब्रह्मलुट भईरहेको खुलाशा भएको छ । सस्तोमा खरिद गरेका सामान दोब्बर तेब्बर बिल पेश गरिरहेको सम्बन्धित निकायका कर्मचारीको गुनासो छ ।  

मंगलबार गुलरिया नगरपालिकामा आयोजित कार्यकारी अधिकृतले कृष्ण गौतमले पत्रकार सम्मेलनमा भुक्तानी दिन नसक्दा चर्को दबाब आएको खुलासा गरे । उनकाअनुसार क्वारेन्टिन संचालन गर्दा चाहिने नचाहिने वस्तु खरिद गरेका बिल भर्पाई  भुक्तानी गर्न नसकिएको हो ।‘ चर्को गर्मीमा कम्बल सिरक किनेको बिल आएपछि कसरी बिल तिर्न सकिन्छ,’उनले भने,’ ।

तर, यति बेला कोरोना संक्रमण फैलिन नदिन सरकारकै निर्देशनमा विकास बजेट कटाएर भएपनि वडामा क्वारेन्टिन संचालनमा छन् । तर, नियमकारी निकायको क्वारेन्टिन निगरानी नहुँदा जुन उद्देश्यले संचालनमा आएका क्वारेन्टिनमा बस्ने पनि सन्तुष्ट छैनन् भने क्वारेन्टिनमा खर्चमा बह्लुट मच्चिएको छ । जिल्लामा १ सय २१ क्वारेन्टिनमा २ हजार ५ सय मानिस बसिरहेका छन् ।

प्रकाशित: २४ जेष्ठ २०७७ १३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App