८ वैशाख २०८१ शनिबार
समाज

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृत्यु हुनेमा एक जना डोल्पा जगदुल्लाका ५८ वर्षिया पुरुष हुन भने अर्की धनगढीकी ५५ वर्षिया महिला हुन्। यो सँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

देवकोटाका अनुसार डोल्पाका पुरुषको २१ गते मत्यु भएको हो। उनी दमका रोगी थिए। त्यसैगरी धनगढीकी महिलाको जेठ २३ गते सेती अस्पतालमा डायलसिस गराउने क्रममा मृत्यु भएको हो।  

यसैगरी पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण भएको छ। देवकोटाका अनुसार संक्रमित मध्ये २८६ जना पुरुष र ३७ जना महिला छन्। यो सँगै कुल संक्रमितको संख्या संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ।

 

 

 

प्रकाशित: २४ जेष्ठ २०७७ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App