coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ७७ पुग्याे

१५९ जना निको भएर घर फर्किए

प्रदेश २ म कोरोना संक्रमितको संख्या १ हजार ७७ पुगेको छ । शनिबार दिउँसो थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ७७ पुगेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए ।  

सामाजिक विकास मन्त्रालयकाअनुसार सप्तरीमा ७ जना, धनुषामा ८ जना, महोत्तरीमा ३५ जना, सर्लाहीमा २७ जना र रौतहटमा ६ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशाला परीक्षण परीणामअनुसार सप्तरीको बलानबिहुल गाँउपालिकाको क्वारेन्टिनमा रहेका २७ देखि ४० वर्ष उमेर समुहका ५ जना पुरुषहरु र सोही गाउँपालिका २० र २७ बर्षका २ जना महिलासहित ७ जनामा संक्रमण पुष्टि भएको छ ।  

धनुषाको देबपुरा रुपैठा क्वारेन्टिनमा रहेका १९ देखि ५४ वर्ष उमेर समूहका ६ जना पुरुषमाा संक्रमण पुष्टि भएको छ । महोत्तरीको जलेश्वर क्वारेन्टिनमा रहेका  १७ जना पुरुष, मटिहानी क्वारेन्टिनका ७ जना पुरुष, एकडारा क्वारेनिटनका ६ जना पुरुष, गौशाला क्वारेन्टिनका २ जना पुरुष तथा सोही क्वारेन्टिनका १ जना महिलामा संक्रमणको पुष्टि भएको छ । उनीहरुमध्ये गौशला क्वारेन्टिनका २२ वर्षिया महिलासहितन्य ११ देखी ४४ बर्ष उमेर समुहका ३४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडांैमा गरिएको परीक्षण परिणामअनुसार सर्लाहीको रामनगर गाउँपालिकाका १६ जना, मलंगवा नगरपालिकाका ८ जना र ईश्वरपुर नगरपालिकाका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु १६ देखि ३६ बर्ष उमेर समुहका छन ।  

रौतहटको ईशनाथ नगरपालिका अन्तर्गतको क्वारेिन्टनमा रहेका ४ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको छ ।  

यस प्रदेशको विभिन्न आइसोलेसन केन्द्रमा भर्ना भएकामध्ये १ सय ५९ जना कोरोनालाई पराजित गरी निको भएका छन । उनीहरु स्वास्थ्य लाभपछि घर फर्किएको सचिव घिमिरेले बताए । 

प्रकाशित: २४ जेष्ठ २०७७ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App