१६ चैत्र २०८० शुक्रबार
समाज

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार २ सय ३५

थप ३२३ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित मध्ये २८६ जना पुरुष र ३७ जना महिला छन्। यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ। जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन्। प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन्। उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ३ सय ६५ पुगेको छ।

अहिलेसम्म कोरोना भाइरसको आशंकामा कुल ९२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएको छ। त्यस्तै १ लाख ३७ हजार ४ सय ३५ आरडिटी परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण भएको छ भने ५ हजार ५ सय ७० आरडिटी परीक्षण भएको छ।

देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन्। जसमध्ये प्रदेश १ मा ४ हजार ३ सय ३ जना, प्रदेश २ मा २१ हजार ९२ जना, बागमती प्रदेशमा ३ हजार ५ सय १३, गण्डकी प्रदेशमा ५ हजार ३ सय ९८, प्रदेश ५ मा ४१ ह्जार २ सय १७, कर्णाली प्रदेशमा ३२ हजार २ सय ६५ जना र सुदूरपस्चिम प्रदेशमा ६० हजार २ सय ४३ जना क्वारेन्टाइनमा रहेका छन्।

यस्तै देशभर २ हजार ८ सय ५७ जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ। प्रदेश १ मा १ सय ७० जना, प्रदेश २ मा ९ सय ४३ जना, बागमती प्रदेशमा ५५ जना, गण्डकी प्रदेशमा ७० जना, प्रदेश ५ मा ९ सय ६१ ज्ना, कर्णाली प्रदेशमा ५ सय ६७ जना र सुदूरपश्चिम प्रदेशमा ९१ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।  

 

 

 

प्रकाशित: २४ जेष्ठ २०७७ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App