८ वैशाख २०८१ शनिबार
समाज

बाजुराको क्वारेन्टिनमा वृद्धको मृत्यु

बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । जेठ १५ गते भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको वडा नं. ७ का अध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । ‘उहाँ दमको बिरामी रहेको बुझिएको छ । हिँजो साँझ दम बढेको बताएपछि औषधिसमेत खुवाएका थियौं,’ वडाध्यक्ष रावतले भने, ‘उहाँलाई अरु केही समस्या थिएन ।’

उनको कोरोना परीक्षणको लागि स्वाब संकलन गर्ने तयारी गरिएको छ । मृतकको रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने बताइएको छ  ।

प्रकाशित: २४ जेष्ठ २०७७ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App