७ वैशाख २०८१ शुक्रबार
समाज

देउराली यातायात अर्घाखाँचीले ८० लाख बराबरको राहत वितरण गर्ने

देउराली यातायात प्राली अर्घाखाँचीले ८० लाख बराबरको राहत वितरण गर्ने भएको छ । लकडाउनका कारण मारमा परेका प्रालिका गाडी धनी, चालक, सहचालक र कर्मचारीलाई संस्थाले राहत वितरण गर्ने भएको हो । 

संस्थाको शनिवार बसेको सञ्चालक समितिको बैठकले गाडीधनी, चालक, सहचालक र कर्मचारीलाई ८० लाख रकम (राहत) वितरण गर्ने निर्णय गरेको देउराली यातायात प्राली अर्घाखाँचीका अध्यक्ष योगेन्द्र खड्काले बताए ।

बैठकले प्रति गाडी धनिलाई ४३ हजारका दरले राहत दिने निर्णय गरेको हो । यस्तै चालकलाई ५ हजार, सहचालकलाई २ हजार र कर्मचारीलाई प्रतिव्यक्ती ५ हजारका दरले राहत दिने निर्णय भएको संस्थाका बरिष्ठ उपाध्यक्ष भेषबहादुर क्षेत्रीले जानकारी दिए ।  

बैठकले चालक, सहचालक र कर्मचारीको एक लाख बराबरको कोरोना बिमा समेत गर्ने निर्णय गरेको छ । यस अँघी प्रालिले कोरोना भाइरसको महामारीसंग लड्न जिल्लाका ६ वटै पालिकाहरुलाई १ लाख १ हजारका दरले ६ लाख ६ हजार रुपैयाँ प्रदान गरिसकेको छ । 

प्रकाशित: २४ जेष्ठ २०७७ १०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App