coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्यचौकी बनाइए क्वारेन्टिन

स्वास्थ्यचौकी महादेवस्थानमा बनाइएको क्वारेन्टिनको बेड । तस्बिर :नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्यचौकी महादेवस्थानलाई क्वारेन्टिन बनाएको छ । तीन कोरोना संक्रमित फेला परे लगत्तै बिहिबार बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिकाले स्वास्थ्यचौकीलाई खाली गरेर क्वारेन्टिन बनाएको हो । स्वास्थ्यचौकीको ओपिडि सेवालाई पञ्चकर्म सेवामा र प्रशुती सेवालाई स्वास्थ्यचौकी दुर्छिममा सारेर क्वारेन्टिन बनाइएको मेयर इवन राईले बताए ।  

कोरोना संक्रमण भएका महादेवस्थानका २० वर्षीय युवा उपचारपछि डिस्चार्ज भएकै दिन बाहुनीडाँडाका २१÷२१ वर्षका दुई युवा र दुर्छिमका ४५ वर्षीय एक पुरुषलाई संक्रमण भएको पूष्टी भएपछि सम्भावित महामारीको सामना गर्न नगरपालिकामा क्वारेन्टिनको थप व्यवस्थापन गरिएको हो । स्वास्थ्यचौकीमा ७० बेडको क्वारेन्टिन बनाउन सकिने भएपनि तत्काललाई ११ बेडको क्वारेन्टिन बनाइएको नगरपालिकाले जनाएको छ । भारत तथा तेश्रो मुलुकबाट आउने नागरिकको संख्याका आधारमा क्वारेन्टिनको बेड थप गर्दै लगिने स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए ।  

भारतबाट आउने नागरिकबाट कोरोना संक्रमण भित्रिने त्रास बढेपछि हलेसी तुवाचुङ नगरपालिकाले भारतबाट आउने स्थानीयलाई जयरामघाटमा राख्ने निर्णय गरेको छ । भारतबाट आउने व्यक्तिलाई जिल्ला प्रवेश गर्ने नाकाकारुपमा रहेको जयरामघाटस्थित क्रिस्चियन धर्मावलम्बीको मण्डलीमा राख्ने निर्णय गरेको हो । नेपाल–भारत सीमामा दर्जनौं नगरबासी नागरिक आएर उद्धारका लागि खबर गरिरहेको मेयर राईले बताए । कतिपय पैदल हिँडेर आइरहेको नगरपालिकाले जनाएको छ ।  

 

 

प्रकाशित: २४ जेष्ठ २०७७ ०७:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App