१७ चैत्र २०८० शनिबार
समाज

चन्दननाथका २ दुई वडा सिल

जुम्लाको चन्दननाथ नगरपालिकाका दुई वडा सिल गरिएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चन्दननाथ नगरपालिका दुई वडा सिल गरिएको हो।  

जिल्लास्तरीय एकिकृत क्वारेन्टाइन सेन्टरको रुपमा रहेको कर्णाली प्राविधिक शिक्षालयमा रहेकाहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाको वडा नं २ र ३ लाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।  

‘जिल्लामा संक्रमण बढ्दै गएको छ। यता कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनबाट स्थानीय स्तरसम्म हुन सक्ने फैलावटलाई मध्येनजर गर्दै पहिलो चरणमा   २३ गते देखि २५ गतेसम्म चन्दननाथका दुई वडा सिल गरेका छौं,’उनले भने।

उनका अनुसार पूर्वमा देवलडाडा, पश्चिम जुगाडखोला, उत्तर सिनामुल तथा दक्षिण जुम्ला बुहुमखी क्याम्पसको चार किल्ला भित्रको क्षेत्रलाई सिल गरिएको छ। कोरोना भाइरसको संक्रमण देखिएसँगै जुम्लामा ३ दिनदेखि जारी  कफ्यू २३ गते राति १२ बजेदेखि हटेको छ।  

जुम्लामा कोराना भाइरसको जोखिम बढ्न नदिनको लागि स्थानीय प्रशासनले पहल थालिरहेको प्रमुख जिल्ला अधिकारी थापा बताउँछन्। उनले भने,‘जुम्लामा कोराना नियन्त्रण र रोकथामका लागि चारैतिरबाट पहल भइरहेकोछ । यो कार्यमा स्थानीयबासीले समेत साथ दिनुपर्छ। जुम्ला बचाउने अभियानमा स्थानीय प्रशासनले स्थानीय तह र सरोकारवाला संग प्रभावकारी समन्वय गरिरहेको छ। ’ 

प्रकाशित: २४ जेष्ठ २०७७ ०४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App