८ वैशाख २०८१ शनिबार
समाज

माछा मार्न गएका वृद्धको नदीमा बगेर मृत्यु

माछा मार्न गएका डिलासैनी गाउँपालिका–६ का ६० वर्षीय हिरा रानाको चमेलिया नदीमा बगेर मृत्यु भएको छ । शुक्रबार अपरान्ह ४ बजेतिर बांगाबगरनजिक नदीमा माछा मार्न जाल खेल्ने क्रममा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । माछा मार्ने क्रममा बगेका र बांगाबगर नजिकै  स्थानीयले उनको शव फेला पारेको प्रहरीले जनाएको छ । उनको शब परीक्षणको लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।  

प्रकाशित: २३ जेष्ठ २०७७ १६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App