८ वैशाख २०८१ शनिबार
समाज

आइसोलेसनमा रहेका ३० जना संक्रमित क्वारेन्टिन मै फर्किए

आइसोलेसनमा न्युनतम सुबिधा समते नभएको भन्दै संक्रमित क्वारेन्टिनमै फर्कदै

कपिलवस्तुमा तयार गरिएका अधिकांश आइसोलेसन क्वारेन्टीन भन्दा पनि खत्तम भएको भन्दै संक्रमितहरू आइसोलेसनमा बस्नै मान्दैनन्। खानेपानी,  शौचालय, बेड लगायतका कुराहरू समेत नभएको भन्दै संक्रमितहरू आइसोलेसनमा  नमानेका हुन्। बिहीबार मात्र दूई पालिकामा रहेको संक्रमितहरू आइसोलेसनमा बस्न मानेनन्। 

संक्रमित भए पछि एम्बुलेन्स मार्फत आइसोलेसनमा लगिएका उनीहरू त्यहा क्वारेन्टिन भत्दा पनि असुविधा भएको भन्दै उनीहरू पुनः क्वारेन्टिन मै फर्केका छन्। कपिलवस्तु नगरपालिकाका–११ रहेरामा रहेको ११ संक्रमित तथा सुद्धोदन गाउपालिकाको लवनीमा रहेको अलशेष अस्पतालकोे आइसोलनबाट १९  जना क्वारेन्टिन मै फर्केका छन्। 

कपिलवस्तु नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष शिव कुमार पाण्डेयले आफ्ना वडाका  रहेरा आइसोलेसनमा रहेका ११ सक्रमितलाई बिहीबार राति क्वारेन्टिनमा फिर्ता लएको बताए । सक्रमित पुष्टि भएपछि उनीहरूलाई एक साता अघि रहेरा लगीएको थियो । ‘पाँच सात दिन असुविधा झेल्दै आइसोलेसनमा संक्रमितले बिताए । बिरामी नै पर्ने अवस्था आएपछि टेक्टमरा उनीहरूलाई फिर्ता ल्याए’ वडाध्यक्ष पाण्डेयले भने । 

११ जनै संक्रमितलाई वडाको दोहनीमा रहेका बिश्वमैत्री आधारभुत विद्यालयकाको क्वारेन्टिन पुनः फर्काएर राखेको उनले बताए । संक्रमित मध्ये ३ जनाको टाउको दुःखेको बिषयमा जानकारी गराए पनि कसैले सुनवाई नगरेको उनले गुनासो गरे । 

‘आइसोलेसनमा पानीको ब्यवस्था छैन, रेखदेख गर्न पनि कोही छैन, यस्तोमा संक्रमितलाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिने’ उनले आक्रोसित हुँदै भने ‘ आइसोलेसन त नाम मात्रको पो रहेछ, क्वारेन्टिन जतिको पनि सुविधा छैन।’ संक्रमितहरूको आग्रह अनुसार आफुले उनीहरुलाई रातारात फर्काएर क्वारेन्टिनमा पुर्याएको बताए । 

रहेरा क्वारेन्टिनमा रहेका संक्रमितहरूको अवस्था देख्दा आफु निकै दुस्खी भएको उनले बताए । ५० बेडको आइसोलेसन रहेको रहेरामा अब केवल सात जना मात्र संक्रमित त्यहा रहेका छन्। वडाध्यक्ष पाण्डेयले संक्रमित भएकाहरू क्वारेन्टिन र आइसोलेसनमा बसेको करिब एक महिना हुँदा समेत चेकजामा समते ढिलाई गरिएको बताए । नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले नगरपालिको उपलब्ध गराएको सेवा सुविधा उनीहरूलाई दिइएको बताए । 

गत बुधबार सुद्धोदन गाउपालिकाका–६ का एकै पटक २८ जना संक्रमति थपिए । संक्रमण देखिएका व्यक्ति वडा नम्बर ६ को गौरा स्थित आधारभुत बिद्यालय गौराको क्वारेन्टिनका हुन् । उनीहरुलाई संक्रमण देखिएपछि एम्बुलेन्समा राखेर शुद्धोधन गाँउपालिकाको लबनीमा रहेको अल शेख हस्पिटलमा निर्मित आइसोलेसन सेन्टरमा एम्बुलेन्समा लगिएको थियो । 

१५ शैया क्षमताको सो आइसोलेसनमा यस अघि संक्रमण देखिएका मध्ये १ जना थिए । थपिएका २८ जना पछि संक्रमितको संख्या २९ पुगेको थियो । अल शेष आइसोलेसन सेन्टरको दुरावस्था देखेर संक्रमितहरू त्यहा बस्न मानेनन्। त्यो सेन्टर भन्दा बरु आफु बस्दै आएको विद्यालाएको क्वारेन्टिन नै ठीक रहेको संक्रमितहरू बताउँछन्। 

अस्पताल भएपनि नाम मात्रको आइसोलेसन भएको र त्यहा आफुहरू बस्ने नसक्ने भन्दै उनीहरू त्यहाबाट फर्किए । वडा नम्बर ६ को गौराका मात्रै १९ जनामा संक्रमण पुष्टि भएको थियो भने अरु संक्रमित महादेव र बेलभरिया गाँउका हुन्। सेन्टर व्यवस्थित नभएपछि आफुहरू पुनः गौरोकै क्वारेन्टिनमा बस्ने गरि त्यहाँबाट हिडेको एक संक्रमितले बताए । ‘ 

सुत्नका लागि बाहिर टिनको बरण्डामा टेन्टका खाट ओछ्याईएको, पंखा नै थिएन, सफा शौचालयको सुविधा नभएको संक्रमितको गुनासो छ । मासिक ३० हजार रुपैयाँ भाडामा लिई अल शेख नामक निजी अस्पतालमा १५ शैयाको आइसोलेसन तयार गरिएको थियो ।  

संक्रमितलाई राख्न १५ शैयाको आइसोलेसन बनाएका थियौं । आइसोलेसनको क्षमता बढि संक्रमित फेला परेपछि तत्कालै पालिकाबाट २५ बेड किनेर बस्ने व्यवस्था मिलायौं ’ पारेको गाँउपालिकाका स्वास्थ्य शाखाका संयोजक असफाक अहमद खाँले भने, ‘तर कसैको उक्साहटमा क्वारेन्टिनमै फर्कन्छौ भन्दै संक्रमण भेटिएका व्यक्ति हिडेछन् ।’ 

आइसोलेसनमा बस्न नमानेर पुनः गौरा स्थित क्वारेन्टिनमा फर्किएका १९ जनालाई आधारभुत विद्यालय गौरामा लगी छुट्टै भवनमा राखिएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश सुवेदीले बताए ।

प्रकाशित: २३ जेष्ठ २०७७ १५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App