७ वैशाख २०८१ शुक्रबार
समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

उदयपुरमा शुक्रबार ट्याक्टर दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । बेलका नगरपालिका ८ भिमफेदीबाट सेतिखोलातर्फ जाँदै गरेको को २ त ९१५२ नं. को ट्याक्टर सेतिखोला पुलछेउमा दुर्घटना हुँदा बेलका ८ का ३१ वर्षीय इन्द्रबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

आफै अनियन्त्रित भई दुर्घटनामा परेको ट्याक्टरमा सवार राईको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घट्नाबारे इप्रका रामपुरबाट खटेको प्रहरी टोलीले स्थलगत सर्जमिन मुचुल्का गरी मृतकको लास पोष्टमार्टमका लागि अस्पताल पठाएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । चालक र ट्याक्टर दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २३ जेष्ठ २०७७ १४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App