८ वैशाख २०८१ शनिबार
समाज

आलोपालो प्रणालीमा बजार खुल्दै

आलोपालो प्रणालीमा रौतहटको बजार शुक्रबारदेखि खुल्दै छ। जिल्ला सुरक्षा समिति रौतहटले निर्णय गरेर सावधानी अपनाउँदै बजार खोलने निर्देशन निर्णय गरेपछि बजार खूलन थालेको हो।  

लकडाउनले व्यावसायीलाई नोक्सान भएको तथा सर्वसाधारण पनि मर्कामा परेको भन्दै सर्वसाधारणको मागलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले बजारलाई सावधानी अपनाउँदै खोलाउने निर्णय गरेको हो।

रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले सुरक्षा समितिको निर्णयलाई स्वागत गरेका छन्।  साथै सबै किसिमको सुरक्षा सावधानीलाई अपनाउन संघले पनि निर्देशन दिएको अध्यक्ष जयसवालले बताएका छन्।

जिल्लाको खाद्यान्न तथा किराना पसल जेठको २३, २५, २७, २९ र ३१ गते तथा कपडा, सुन चाँदी, शृंगार, चप्पल, हार्डवेयरलगायतका गैर खाद्यान्न पसलहरु जेठको २४, २६, २८, ३० र ३२ गते बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ। यसै गरी वैंक तथा वित्तीय संस्थाहरु हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने भएका छन्।  बजारको संघ र सुरक्षा समिति दुवैले निरीक्षण अनुगमन गर्ने जनाइएको छ। 

प्रकाशित: २३ जेष्ठ २०७७ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App