coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना भाइरस : के अब मानिसको जीवनशैली फेरिएला ?

पछिल्ला केही महिनाहरुमा दुनिया बदलिएको छ। मानिस जीवनयापनको शैली फेर्न बाध्य भएको छ। के अब सँधै यस्तै होला त ? लकडाउन पछि दैनिक काम सुरु हुने छ। कोरोनाको कुनै औषधी पत्ता नलाग्दासम्म मानिसको जीवनशैली फेरिने निश्चत नै छ। विश्वको जुनसुकै कुनामा किन नहोस् यसको असर परिरहेको छ।

विश्वका केही तस्बिर हेरौ जो कोरोना भाइरसपछि मानिसले अपनाको शैली हो। विश्व अव कस्तो देखिन्छ र अव कस्तो समय आउने छ हेरौं केही तस्बिर।

कक्षाकोठा

इटलीको इवरिया शहरको एक विद्यालयमा पढाउँदै शिक्षिका ।

विद्यालय खोलिएका ठाउँहरुमा सामाजिक दूरी कायम गरिएको छ। विद्यार्थी र शिक्षकबीच परीक्षामा जस्तै दुरी कायम गरिएको छ। कक्षाकोठाका स्वरुप पनि परीवर्तन भएका छन्। इटलीको इवरियामा दुई किन्डरकार्डन स्कुल परीक्षणको लागि खोलिए, ताकी लकडाउन पछि स्कुल कसरी संचालन गर्न सकिन्छ।

पार्क

फुर्सदको समयमा पार्कमा टहलिनेहरुको संख्या धेरै हुन्छ। अब त्यसमा पनि परिवर्तन हुने देखिन्छ। खेलकुदका क्षेत्र प्राय बन्द छन्। खुलेका क्षेत्रमा पनि सामाजिक दूरी राखिएको छ। अमेरिकाको ब्रुकलिनको डोमिनो पार्कमा घाँसमा सर्कल बनाइएको छ। जसमा मानिस बस्नेछन् र सामाजिक दूरी कायम गर्ने छन्।

कार्यालय  

लकडाउनको समयमा धेरै मानिसले घरबाटै काम गरिरहेका छन् र बैठकहरु पनि भिडियो मार्फत गरिरहेका छन्। अब दोस्रो पटक यो सुरु भए पछि कामकाजको शैली पनि फेरिने छ। सामाजिक दूरी सहितको अफिस कस्तो हुनसक्छ?

किनमेल

पसलमा सामान किनमेलको तरिका पनि फेरिएको छ। अनलाइन खरिद बिक्री बढिरहेको छ। सुपरमार्केटमा मानिसहरु लाइनमा बसेर दूरी कामय गर्नु परेको छ। नेदरल्यान्डमा एक टेलरले आफ्ना ग्राहकको नाप प्लास्टिकको कभरमा बसेर लिएका छन्।

घरबाहिरको खानपान

के अब हामीले रेष्टुरेन्टमा पहिले जसरी साथीहरुबीच खाना खान पाइएला? थाइल्यान्डमा सामाजिक दूरी कायम गर्दै बनाइएका टेवुल कुर्सीमा बसेर खाना खाएको तस्बिर आएको छ। रेष्टुरेन्टले सामाजिक दूरी अनुसार नयाँ सजावट गर्न पर्ने हुनसक्छ।

कन्सर्ट

कोरोना महामारीसँगै मानिसको जीवन फरक भएको छ। तर गीत संगीतबाट मानिस चाहेर पनि टाढा हुन सक्दैन। सांगीतिक जमघट त हुन्छ नै तर त्यो पनि फरक हुने निश्चित छ। दक्षिण कोरियामा फरक तरिकाबाट कन्सर्ट गरिएको छ। त्यहाँ गरिएको एक कन्सर्टमा मानिसहरु आफ्नो कारम बसेर संगीतको आनन्द लिएका थिए। कारको पनि दूरी कायम गरिएको थियो।

 

 

 

 

 

 

 

प्रकाशित: २२ जेष्ठ २०७७ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App