coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश २ मा संक्रमितको संख्या ९ सय ६१ पुग्यो

एकैदिन थपिए १ सय २ संक्रमित

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ सय ६१ पुगेको छ। बिहिबार दिउँसो थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ९ सय ६१ पुगेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका प्रवतmा विजय झाले जानकारी दिए।  

सप्तरीमा १२ जना, रौतहटमा ६५ जना, बारामा १२ जना, धनुषामा ६ जना, महोतरीमा ३ जना, सर्लाहीमा ३ जना, पर्सामा १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको क्वारेन्टिनमा ६ जना, छिन्नमस्ता नगरपालिका अन्तर्गतको क्वारेन्टिनमा ६ संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए। हनुमान नगरको सामुदायीक भवनको क्वारेन्टिनमा रहेका १ जना र राप्रावि सकरदही क्वारेन्टिनमा रहेका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य संयोजक रामदेव यादवले बताए। दुई जना स्वास्थ्यकर्मीसहित ३३ जना मध्ये २४ जनाको परीक्षण रिपोर्ट आउँदा १३ जनामा संक्रमण पुष्टि भएको संयोजक यादवले बताए। छिन्नमस्ता गाउँपालिकाका स्वास्थ्य संयोज मदनेश्वर चौधरीका अनुसार चारै जना संक्रमितहरु प्रावि गोबिन्दपुर क्वारेन्टिनका छन। उनीहरु सबै दिल्ली, हरियाना र जयपुरबाट आएर क्वारेन्टिनमा बसेका छन।

यसैबीच सप्तरीको पहिलो कोरोना संक्रमित बिहिबार निको भएर घर फर्केका छन। उनी बैशाख २९ गत्ते गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल भर्ना भएका थिए। वीरगंज स्थित गण्डक अस्पतालबाट पाँच जना र वाराको कलैया अस्पतालबाट सात जना निको भएर घर फर्केका छन।

प्रकाशित: २२ जेष्ठ २०७७ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App