१६ चैत्र २०८० शुक्रबार
समाज

मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजेटिभ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बिहीबार दिउँसोसम्ममा गरिएको पिसिआर परीक्षणमा मुगुका एकसहित एक सय ६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दैलेखका मात्रै एक सय ५ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।  

मुगुको खत्याडका एक जना पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ भने दैलेखेको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिलामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै देवलकांडाका १२ जना पुरुष, सोतका ९ जना पुरुष, मानटाकुराका ७ जना पुरुष, साडुका २ जना पुरुष, भवानीका ५ जना पुरुष र बासकोटका १ जना पुरुष गरि बिहीबार दैलेखका मात्रै एक सय ५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पिसिआर प्रयोगशालाको नतिजा अनुसार कोभिड–१९ का पुष्टी भएका संक्रमितको संख्या २ सय १३ पुगेको छ । हालसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ५ हजार ३ सय २४ जनाको पिसिआर परीक्षण गरिएको हो । जसमा ४ हजार एक सय ३७ जनामा कोरोना नेगेटिभ देखिएको छ । २ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App