coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण

कपिलवस्तुमा १२ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै जिल्लामा संक्रमितको संख्या ४१४ पुगेको छ । थपिएका संक्रमितमा दुई पालिकाका तथा एक महिला र ११ पुरुष हुन् । थपिएकामा बाणगंगा  नगरपालिका वाड नं १ वर्ष २१ का पुरुष १ जना, वाड नं २ का वर्ष ८ र २६ का महिला २ तथा वर्ष ३९ का पुरुष १, वाड नं ४ का वर्ष ३४ का पुरुष १ र वाड नं ७ का वर्ष  ३९ का पुरुष १ जना गरी ६ जना हुन् ।  

त्यस्तै यशोधरा गाउँपालिका वाड नं ७ का बर्ष २२, २६, ३०, ३६ ,४२ र ४८ वर्षका ६ जना पुरुषहरु रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले बताएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको पनि बताइएको छ । जिल्लाको यशोधरामा १ सय ६ , मकहराजगंजमा ५०, मायादेबीमा ५४, शिवराजमा ४८, कृष्णगनरमा ३५, सुद्धोदनमा २९, कपिलवस्तु नपामा २९, बुद्धुभुमीमा २५, बिजयनगरमा मा १६, बाण्गंगामा २२ संक्रमित भेटिएका छन् । जिल्लामा ३२ जना कोरोनामुक्त भएका छन् ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App