८ वैशाख २०८१ शनिबार
समाज

खोटाङका थप तीन जनामा कोरोना संक्रमण पुष्टि

खोटाङका थप तीन जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । एक २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पुष्टि भएको हलेसी तुवाचुङ नगरपालिकामा थप तीनजनालाई कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।  

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या चार पुगेको छ । पछिल्लो कोरोना संक्रमण हुनेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका दुई युवा र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका एक पुरुष छन् । काठमाडौंबाट गत वैशाख १२ गते घर आएका संक्रमित युवाको कन्ट्याक्ट ट्रेसिङका आधारमा उनीसँगै यात्रा गरेका एबं भारतबाट आएका ३३ जनाको स्वाब संकलन गरेर जेठ १७ गते पिसिआर परीक्षणका लागि बिराटनगर पठाइएकामा बिहिबार पोजिटिभ रिपोर्ट आएको डा. श्रेष्ठले बताए ।  

कामका सिलसिलामा भारतमा रहेका बाहुनीडाँडाका दुई युवा गत जेठ ११ गते गाउँ आएका हुन् । उनीहरुलाई जयराम नाकाबाट घर पुग्न अगावै कदुवास्थित मालिकादेबी माबिको क्वारेन्टिनमा राखिएको वडाध्यक्ष रुद्र राईले बताए । उनीहरु अहिले पनि क्वारेन्टिनमै छन् । यस्तै, दुर्छिमका एक पुरुष भारतबाटै जेठ १६ गते गाउँ आइपुगेका हुन् । उनलाई पनि घर पुग्न अगावै स्वास्थ्य चौकी दुर्छिमको क्वारेन्टीनमा राखिएको वडाध्यक्ष रमेश तिवारीले बताए । क्वारेन्टीनमा राखिएकै अवस्थामा उनीहरुको स्वाव संकलन गरेर पिसिआर परीक्षणका लागि बिराटनगर पठाइएको थियो ।  

पिसिआरबाट कोरोना संक्रमण भएको पूष्टी भएपछि हाल उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको नगरपालिकाले जनाएको छ । भारतबाट आएपछि उनीहरु परिवारको सम्पर्कमा पुग्न नपाएका भए पनि दुर्छिमका संक्रमितसँग रावाबेँसी गाउँपालिकाकाको खार्पा एक जना र ऐसेलुखर्क गाउँपालिका बाकाचोलका एक व्यक्तिले सँगै यात्रा गरेको खुलेको मेयर इवन राईले बताए । 

प्रकाशित: २२ जेष्ठ २०७७ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App