१५ चैत्र २०८० बिहीबार
समाज

बीस किलो गाँजासहित चार जना पक्राउ

लकडाउनको समयमा लागुऔषध गाँजाको ओसारपसार गरिरहेका मकवानपुरका चार जना रौतहटमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थाना भर्यांगका नीरज लामा, वडा नम्बर १२ पदमपोखरीका सागर लामा र अंकित लामा तथा कैलाश गाउँपालिका ९ कुमलटारका विशाल लामा रहेका छन् ।  

मौलापुर–जयनगर मूल सडकखन्डमा लागुऔषध गाँजाको ओसारपासर हुने गरेको स्थानीयको गुनासो रहेको इलाका प्रहरी कार्यालय देवाहीगोनाहीमा सूचना पुगेको थियो । सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवाहीगोनाहीले निगरानी बढाएको थियो ।  

इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख प्रहरी निरीक्षक मेदनीप्रसाद साहको नेतृत्वमा गोनाही चौकमा चेकजाँचको क्रममा चारैजना पक्राउ परेका हुन् । प्रनि साहको टोलीले बा ६४ प ९३०७ र ना ४५ प ६३९८ नम्बरको मोटरसाइललाई रोकेर चेकजाँच गर्दा चार वटा झोलामा करिब बीस किलो लागुऔषध गाँजा बरामद भएको हो ।

गाँजा बरामद भएपछि चारै जनालाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको प्रनि साहले जानकारी गराएका छन् ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App