७ वैशाख २०८१ शुक्रबार
समाज

क्वारेन्टिनबाट घर गएका युवकको मृत्यु

१४ दिन क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकको सुर्खेतमा मृत्यु भएको छ । जेठ आठ गते भारतको मुम्वईबाट आएका पञ्चपुरी नगरपालिका–१ हाँसेगाउँका २० कृष्ण तारामीको बिहीबार विहान मृत्यु भएको हो ।

मृतक तारामी पञ्चपुरी नगरपालिकाले विद्यापुर बहुमुखी क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टिनमा १४ दिन बसेका थिए । ‘१४ दिन क्वारेन्टिनमा पुरा गरेपछि र्‍यापिड टेष्ट गर्‍यौं,’ मेयर उपेन्द्रबहादुर थापाले भने, ‘रिपोर्ट नेगेटिभ आएपछि घर पठाएका हौं ।’ बुधबार दिउँसो तीन बजेतिर हिँडेका उनी राति ११ बजेतिर घर पुगेका थिए ।

परिवारका अनुसार उनी उच्च रक्तचापका विरामी थिए । ‘विद्यापुरको क्वारेन्टिनबाट दुई–ढाई घण्टामा घर पुगिन्थ्यो, उनीसहित पाँच जना राति ११ बजेतिर घर पुगेछन्,’ मेयर थापाले भने, ‘घर नजिकै मौरीघार राखिएको घरमा बसिरहेका बेला सास फेर्न गाह्रो भएकाले मृत्यु भएको खवर आएको छ ।’

नगरपालिकाले मृतक तारामीको पीसीआर गर्नका लागि स्वाब संकलन गर्न एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको टोली खटाएको छ । ‘र्‍यापिड टेष्ट नेगेटिभ आएपछि थप सात दिन होम क्वारेन्टिनमा बस्न सल्लाह दिएर पठाएका थियौं,’ उनले भने, ‘मृत्युको कारण खोज्न स्वाब संकलन गरेर कर्णाली प्रदेश अस्पतालमा पठाउने तयारी भइरहेको छ ।’

प्रकाशित: २२ जेष्ठ २०७७ ०६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App