८ वैशाख २०८१ शनिबार
समाज

खुसुक्क भित्रिनाले जोेखिम

एकाएक भारतबाट आएकाहरु सीमा नाकामा अलपत्र परेको खबर सुनियो। कहाँका कति छन्, त्यसको तथ्यांक आएन्। न भारतबाट आउनेले खबर गरे, नत स्थानीय सरकारले नै तथ्यांक संकलनको काम गर्न सके। भारतबाट आउनेको संख्या बारेमा बेखबर बनेर अहिले व्यवस्थापनमा कठिनता सिर्जना भइरहेको छ। 

यहाँका स्थानीय सरकार उल्टै भारतबाट आउनेको खबर मात्र सुनिरहे। अहिले सबैभन्दा बढी जोखिम भारतबाट आउनेहरुबाट नै भइरहेकोछ । भारतबाट आएका १७ सहित दुई जना सुरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मीलाई कोराना पोजेटिभ देखिसकेकोले झन जोखिम बढेको अनुभुति जनताले गरिरहेका छन्।

भारतबाट जानकारी नदिइकन खुसुक्क आउँछन्। जुम्ला कालिकोटका सीमा नाका भित्रिसकेपछि मात्र भारत देखि भित्रिएको जानकारी मिल्छ। अनि व्यवस्थापन गर्न निकै कठिन भइरहेको स्थानीय तह बताउँछन्। अगाडी नै जानकारी पाएको भएपनि क्वारेन्टिनको पुर्वतयारी हुन्थ्यो, सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल भन्छन्,‘एकाएक जिल्ला भित्रिसकेपछि मात्र थाहा हुन्छ। क्वारेन्टिन व्यवस्थापन र खाना बस्नको व्यवस्थापन गर्न निकै कठिन हुने गरेको छ। ’

 भारतबाट आएकाहरुबाट सुरक्षित राख्न स्थानीयले निरन्तर आग्रह गरिरहेका छन्,। भारतबाट आउनेले थाहा नै नदिइकन जिल्ला भित्र प्रवेश गरिरहेका छन्। यो अवस्थाले निकै जोखिम बढिरहेको उनी बताउँछन्। राति एक्कासी भारतबाट आउनेहरु गाडीमा झर्छन्। त्यो बेला सम्म आउनेहरुको जानकारी नै हुदैन्। स्थानीय धनबहादुर परियार भन्छन्,’‘भारतबाट आउनेहरुले निकै जोखिम बढाइरहेका छन्।क्वारेन्टिन व्यवस्थापन पनि निकै गाह्रो भइरहेको छ। ’

गाउँका सार्वजनिक भवनमा स्थानीयले क्वारेन्टिन बनाउन दिएका छैनन्। क्वारेन्टिन बनेका स्थानमा पनि भारतबाट आउनेलाई बस्न दिइने गरेको अवस्था छैन्। भारतबाट आउनेको व्यवस्थापन गर्न निकै चुनौति बनेको छ। जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकले भारतबाट आउनेहरुको अवस्था मापन गर्दै ५ वटा जिल्लास्तरीय क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको थियो। तर जुम्ला बहुमुखि क्याम्पस र निर्माण व्यवसायी संघ जुम्लाको भवनमा स्थानीयले क्वारेन्टिन बनाउन दिएनन्। अहिले स्थानीय तहका प्रत्येक वडामा क्वारेन्टिन बनाउने काम भइरहेकोछ ।  

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने हरेक वडामा क्वारेन्टिन निर्माणको लागि निर्देशन दिएको बताउँछन्। उनले भने,‘ गाउँपालिका स्तरमा क्वारेन्टिन व्यवस्थापन गर्न सकिएन्, वडास्तरमा क्वारन्टिन निर्माणका लागि आदेश गरिएको छ। हरेक गाउँमा रहेका सार्वजनिक भवनमा क्वारेन्टिन निर्माण गर्न पत्र पठाइसकिएको छ। अहिले गाउँमा भित्रिने सबैलाई वडामै पठाउने गरिएको छ। ’

यसअघि पनि भित्रिनेका संख्या ह्वात्तै बढेपछि क्वारेन्टिन व्यवस्थापनमा निकै चुनौति थपिएको थियो। मापदण्ड अनुसार क्वारेन्टिन व्यवस्थापन हुन नसकेको भन्दै उच्च अदालतमा रिट समेत परेको थियो। अदालतले क्वारेन्टिन मापदण्ड हुबहु कार्यन्वयन गर्न आदेश गर्यो। अहिले पनि भारतबाट आउनेको संख्या बढ्न थालेपछि क्वारेन्टिन मापदण्ड कार्यन्वयन हुन सकेकोछैन्। क्वारन्टिनमा नपाकेको भात दाल खानु परेको गुनासो बढेको छ। बसाई व्यवस्थापन प्रभावकारी छैन्। झन कोराना संक्रमण फैलन सक्ने उच्च जोखिम बढेको छ।  

भारतबाट आउनेहरु भन्छन्,‘क्वारेन्टिन मापदण्ड अनुसार क्वारेन्टिन बनाउँ र लागु गर, स्थानीय तह भन्छन्,‘हतारहतारमा क्वारेन्टिन निर्माण गर्नु परेकोले प्रभावकारी व्यवस्थापन हुन सकेको छैन्। सक्दो प्रयास मापदण्ड अनसारको क्वारेन्टिन बनाउने काम अघि बढाएका छौँ।’

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार ७ सय १ जना क्वारेन्टिनमा बसेका छन्। ८ वटा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परिक्षण भइरहेकोछ ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App