१५ चैत्र २०८० बिहीबार
समाज

कोरोनाको चपेटामा कपिलवस्तु : एक महिना नबित्दै ४०२ जनामा संक्रमण

भेटिएका संक्रमित मध्ये ३ सय ८५ जना भारतबाट फर्केका

गत बैशाख २५ गते जिल्लाको मायादेबी गाउपालिका स्थित छत्रपाली तिर्थादेबी उमाबिको क्वारेन्टिनमा रहेका २ जना युवामा जिल्लामै पहिलो पटक कोरोना संक्रमण देखियो । जेठ २१ गते साझ सम्य त्यो संख्या बढेर अहिले ४ सय २ जा पुगेको छ । एम महिना बित्न नपाउदै कपिलवस्तुमा कोरोना संक्रमितको संख्याले ४ सयको आकडा पार गरेको छ । वैशाखको दौश्रो साता देखि भारतमा लकडाउनको स्वारुप परिवर्तन गरिए पछि भारतमा रहेका नेपाली मजदुरहरू धमाधम नेपाल फर्किन थाले । 

सरकारी निर्देशन अनुसार ९३ किलो मिटरको सिमा नाकामा लुकीछिपी नेपाल प्रबेश गर्न खोज्नेलाई रोक्न १५ सय सशस्त्र प्रहरी परिचालन गरिएको थियो । बैशाख तेश्रो साता देखि सिमा नाकामा फर्कनेहरूको निकै भीड लागेका थियो । सुरक्षाकर्मीले सिमामा कडाई गरे पनि थ्प्रै मासिन चोर नाका हुदै जिल्ला छिरेका थिए । बैशाख चा्रथो साता देखि सिमामा अलपत्र परेकाहरूलाई पालिकाहरूले लगेर क्वारेन्टिनमा राखे । अहिले लुकीछिपी र भारतबाट नेपाल आएका तिनै  अधिकांश ब्यक्तिमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

भारतबाट फर्कर क्वारेन्टिनमा बसेकाहरूमा नै कोरोना देखिएको स्वास्थ्य कार्यालयका प्रमुख यागेन्द्र भगतले बताए । भेटिएका संक्रमित मध्ये  १७ जना बाहेक सबै जना भारतबाट आएका र क्वारेन्टिनमा रहेका भगतले जानकारी दिए । ‘भारतबाट फर्ककाहरूमा नै संक्रमण देखिएको छ , उनीहरू क्वारेन्टिनमा टेस्ट गर्दा संक्रमित पुष्टि भएका हुन्’ भगतले भने । जिल्लामा चार सुरक्षाकर्मी, चार संचारकर्मी, दुई महिला स्वास्थ्यकर्मी, दुई जना कर्मचारी, एक जना वडाध्यक्ष समेत संक्रमति भेटिएका छन्। 

यस्तै बाणगंगाकी ६ र आठ वर्षिया बालिका र त्यहीका एक संक्रमित संचारकर्मीका परिवार गरी कुल १७ समुदायका हुन् । उता महराजगंजका मेयर अब्दुल कलाम खाले भारतबाट फर्केकाहरूलाई सीमा नाकामा राकेर राख्दा पनि एकै ठाउमा जम्मा भएका कारण पनि धेरै मानिस संक्रमित भएको हुन सक्ने बताए । अव्यस्थित क्वारेन्टिनले समेत कोरोना संक्रमण बढाएको हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन्। क्वारेन्टिनमा मानिसहरूको चाप बढी भए पछि एउटै कोठामा धेरै मानिसहरू राख्नु, शौचालय र नल एएटै हुनु, सामाजिक दुरी नराखिनु लगायतका कारणले समते जिल्लामा कोरोना संक्रमित बढेका हुन सक्ने स्वास्थ्यकर्मीको भनाई छ । 

यशोधरा गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्योती प्रसाद दुबेले क्वारेन्टिना मानिसको चाप बढी भएकाले ब्यवस्थापनमा समस्या आएको बताए । अहिले आफ्नो पालिकामा आधा भन्दा बढी मानिसको चाप घटेको र जाँचको दायरा बढाएकोले आफ्नो पालिकामा बढी संक्रमित फेला परेको उनले बताए । उनले पनि भारतबाट फर्केर क्वारेन्टिनमा बसेकाहरूमा नै बढी संक्रमित देखिएको बताए । अब्यवस्थित क्वारेन्टिन एउटै कोठामा बढी मानिस राखिएको र पिसिआर परीक्षणमा ढिलाई गरिदा यशोधरा गाउपालिकाको वडा नम्बर ८ मा रहेका क्वारेन्टिनबाट ४५, जना सोही गाउपालिकाको वडा नम्बर ६ बाट ११ जना तथा कपिलवस्तु नगरपालिका–४ मलपरवाबाट ४३ जना भागेर घर गएका थिए । पछि सुरक्षाकर्मीले उनीहरूलाई खोजेर ल्याएको थियो ।  

यही रफ्तारमा संक्रमित संख्या बृद्धि भए जिल्लामा एक हजारको हाराहारीमा संक्रमति भेटिने अनुमान गरिएको प्रजीअ दीर्घनारायण पौडेलले बताए । ‘जिल्ला बिपद् ब्यवस्थापन समितिले एक हजार संक्रमित भेटिने अनुमान गरेर पालिकाहरूलाई त्यही अनुसार तयारी अवस्थामा रहन आग्रह गरेका छौ’ उनले भने । पाँच सय आइसोलेसन बेड रहेको जिल्लामा एक हजार बनाउने गरी पालिकाहरूले तयारी गरेका छन्। जिल्लामा अझै तीन हजार सात सय जना क्वारेन्टिनमा छन्। जिल्लामा ५ हजार ३२४ जनाको स्वाब संकलन गरिएकोमा अझै १ हजार ३३३ जनाको रिपोर्ट आउँन बाकी छ । रिपोर्ट आउन समेत ढिलाई हुँदा क्वारेन्टिनमा बसेकाहरूलाई संम्झाउन गाह्रो परेको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए । 

दुई देखि तीन हप्ता भन्दा बढी क्वारेन्टिनमा बिताई सकेको छन्, पिसिआर रिपोर्ट नआउँदा गाह्रो परेको उनले गुनासो गरे । जिल्लामा ८ हजार ९८० आरटिडी टेस्ट भएकोमा एक हजार १७२ जना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । महिला र बालबालिकाहरूकालागि छुट्टै आइसोलेसन बेड नहुदा समस्या परेको छ । जिल्लाको यशोधरामा सय जना, मकहराजगंजमा ५०, मायादेबीमा ५४, शिवराजमा ४८, कृष्णगनरमा ३५, सुद्धोदनमा २९, कपिलवस्तु नपामा २९, बुद्धुभुमीमा २५ , बिजयनगरमा १६, बाण्गंगामा १६ संक्रमित भेटिएका छन । जिल्लामा ३२ जना कोरोनामुक्त भएका छन् ।

प्रकाशित: २१ जेष्ठ २०७७ १७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App