१५ चैत्र २०८० बिहीबार
समाज

नवराजसहितका युवाको हत्या बिरोधमा प्रशासन अगाडि धर्ना

नवराज बिकसहितका युवाको हत्याको बिरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि आयोजना गरिएको धर्ना । र दिक्तेलमा निकालिएको बिरोध र्‍याली । तस्बिर : नागरिक

प्रेमीका भेट्न गएका जाजरकोटका नवराज बिकसहित ६ जनाको हत्या गरिएको बिरोधमा खोटाङका दलित संघसंगठनले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । आफ्नो प्रेमीका लिन पश्चिम रुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्या गरिएको बिरोधमा बुधबार खोटाङ दलित बिकास मञ्च लगायतको अगुवाईमा विभिन्न दलित संघसंगठन, जातीय मोर्चा एबं अभियानकर्मी लागायतले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका हुन् ।  

हत्या गरिएका युवाको सम्झना एबं हत्यामा संलग्न दोषीलाई कारबाही माग गर्दै दलित संघसंगठन एबं जातीय मोर्चाका प्रमुख तथा प्रतिनिधिले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा मुखमा कालो पट्टी बाँधेर कालो व्यानरसहित प्रशासन अगाडि धर्ना दिएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसलाई उत्सवकारुपमा भन्दा पनि जातीय छुवाछुत अन्त्या गर्न र नवराजसहितका युवाको हत्यारालाई कानूनी कठघरामा उभ्याउनका लागि दवावमुलक कार्यक्रमकारुपमा मनाइएको खोटाङ दलित बिकास मञ्चका अध्यक्ष मिलन चाहारले बताए ।  

प्रशासनमा धर्ना दिनु अगाडि दलित संघसंगठन, जातीय मोर्चा एबं अधिकारकर्मी लगायतको समूहले लकडाउनकै बीच दिक्तेलबजारको त्रिबेणीचोकबाट पुरानो बेसक्याम्प हुँदै प्रशासनसम्म बिरोध र्‍याली निकालेका थिए । जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएपछि पुनः निकालिएको र्‍याली त्रिबेणीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै जातीय मोर्चाकातर्फबाट रश्मी रसाईली, संघसंस्थाका तर्फबाट दिपक ठटाल, दलित प्रतिनिधिका तर्फबाट रमेश परियार र अभियानकर्मीका तर्फबाट धनीराम राईले रुकुम घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी घटनामा संलग्न जोकोहीलाई कानूनी कठघरामा ल्याउन र कारवाही गर्न जोडदार माग गरेका छन् ।  

रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीकी एक युवतीसँग अन्तरजातीय प्रेम सम्बन्ध रहेको र विवाहका लागि लिन जानेक्रममा चौरजहारी नगरपालिका–८ का वडाअध्यक्षको अगुवाईमा नवराज र उनका साथीहरुमाथि ज्यानै लिनेगरी आक्रमण गरिएको थियो । नवराजसहित ६ जनाको हत्याको बिरोधमा दलित संघसंगठनले लकडाउनकै बीमा जेठ १६ गते पनि दिक्तेलमा बिरोध र्‍याली प्रदर्शन गरेका थिए ।

प्रकाशित: २१ जेष्ठ २०७७ १६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App