७ वैशाख २०८१ शुक्रबार
समाज

‘क्वारेन्टिनमा हराउँदै मानवता’

जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा बसेकाले क्वारेन्टिनमा मानवता नभेटिएको बताएका छन् । उनीहरुले खान बस्नको राम्रो व्यवस्था नभएको र आफूहरुलाई गर्ने व्यवहारमा मानवता नभेटिएको बताएका हुन् । यो क्वारेन्टिनमा भारत र नेपालका विभिन्न जिल्लाबाट आएकाहरु बसेका छन् । राम्रोसँग नपाकेको भात र दाल दिने गरिएको, क्वारेन्टिनमा पाकेको खानाले स्वास्थ्य अवस्था बिग्रिएको दुखेसो गरेका छन् । क्वारेन्टिनमा हुनु पर्ने व्यवस्थापन राम्रो नभएकोले उनीहरुले घर जाने चेतावनी दिएका छन् ।

कोठा भित्रबाट बाहिर समेत आउन पाउँदैनौँ, क्वारेन्टिन भित्र गर्ने व्यवहार समेत राम्रो छैन, निकै अपहेलना र घृणाको नजरले हेर्ने गरिन्छ, क्वारेन्टिनमा बसेका दानवहादुर कार्की भन्छन्,‘ यहाँ संक्रमण फैलाउन राखिएको होकी कोरोनाको संक्रमण रोक्न बुझ्न कठिन छ । ’

संक्रमित देखिएको क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य परीक्षण हुन सकेको छैन । क्वारेन्टिनमा राखेकाहरुलाई अमानवीय व्यवहार भएकाले आन्दोलन चेतावनी उनीहरुको छ । रोल्पा जिल्लाबाट जुम्ला पुगेका उनले क्वारेन्टिनमा झन असुरक्षित भइरहेको बताए । उनले भने,‘बाहिर गफमा सबै सुविधा छ । तर भित्र खोक्रो छ । क्वारेन्टिनमा कुनै पनि कुरा मापदण्ड अनुसारको सेवा छैन ।’

क्वारेन्टिनमा भइरहेको अमानवीयताको छानविन नभए स्थानीय प्रशासन घेराउ गर्न तयार हुने उनी बताउँछन् । १९ जना कोरोना संक्रमित देखिएकोले प्राविधिक शिक्षालयबाट २ दिनपछि मात्रै संक्रमितलाई अन्यन्त्र ठाउँमा सारिएको भन्दै आफूहरु असुरक्षित भएको क्वारेन्टिनमा बसेकाहरु बताउँछन् ।

संक्रमितलाई तत्काल आइसोलेसनमा राख्नु पर्नेमा त्यसो नगरी दुई दिनसम्म संक्रमितलाई क्वारेन्टिनमा राखिएको हुनाले अरुले असुरक्षितको महसुस गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा जुम्लाका रजिष्ट्रार विश्वराज काँफ्लेका अनुसार क्वारेन्टिनमा रहेकाहरुको स्वाब संकलन गर्ने बेला नभएको बताए । समय पुगेपछि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको जनाए । एकीकृत क्वारेन्टिनमा १ सय ४६ जना छन् ।

क्वारेन्टिनमा बसेका २५ जनाको मात्रै हालसम्म स्वाब परीक्षण भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा खाना र बस्नको राम्रो प्रबन्ध गर्न निर्देशन गरिएको बताउँछन् । उनले भने,‘खानपानको व्यवस्था स्थानीय तहलाई दिइएको छ । क्वारेन्टिनमा भोकभोकै बस्ने गरेको, समयमै खाजा नास्ता नपाएको, औषधि उपचारको प्रबन्ध नभएको र क्वरोन्टिनमा बसेकालाइ हेपाह दृष्टिकोणले हेर्ने गरेको दुखेसो उनीहरुको छ ।  

क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी स्थानीय सरकारले व्यवस्थापन गर्न नसकेको बताउँछन् । उनीहरु क्वारेन्टिनमा बसेकालाई त हेर्ने नजर फरक छ । त्यो भन्दा पनि अपहेलना स्वास्थ्यकर्मीले खेपिरहेको बताएका छन् ।

प्रकाशित: २१ जेष्ठ २०७७ १६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App