७ वैशाख २०८१ शुक्रबार
समाज

जुम्लामा क्वोरन्टिन अनुगमन

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेतृत्वको टोलीले यहाँ निर्माण भएका क्वारेन्टिनको अनुगमन गरेको छ । क्वारेन्टिन सुरक्षाका हिसावले सुरक्षित छन या छैनन् , मापदण्ड अनुसारका छन की छैनन् र क्वारेन्टिनमा बसाई व्यवस्थापन बारे अनुगमन गरेको हो ।  

प्रमुख जिल्ला अधिकारी थापा नेतृत्वको टोलीले जिल्लाको सिता माबि रारालिही, भैरव प्राथमिक विद्यालय त्रिवेणी, सरस्वती माबि कुडारी र दुर्गा माबि लाम्रामा निर्माण भएका क्वारेन्टिनको अनुगमन गरिएको हो । प्रमुख जिल्ला अधिकारी थापाले क्वारेन्टिन सन्तोषजनक रहेको प्रतिक्रिया दिए । क्वारेन्टिन भित्र बसेका बीचमा दुरी कायम गरेर हिडडुल गर्न सकेको खण्डमा झनै राम्रो हुने बताउँदै प्रमुख जिल्ला अधिकारी थापाले नियमित स्वास्थ्यजाँच र सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिए ।

उनले अनुगमनका क्रममा देखिएको कमी कमजोरी व्यवस्थापनका लागि स्थानीय सरकारलाई आग्रह गरेका थिए । स्थानीय सरकार क्वारेन्टिन व्यवस्थापनमा लागेका छन् । यो निकै राम्रो पक्ष हो, उनले भने,‘यो समयको भरपुर सदुपयोग गरेर क्वारेन्टिनमा बसेकालाई उर्जा प्रदान गर्नुपर्छ । ’  

जुम्ला कालिकोटको सिमाना नाग्मगाडमा एक एक जना प्रतिनिधि राखेर भारतबाट आउनेको रेकर्ड राख्नु पर्नेमा जोड दिदैँ उनले भने,‘सबै मिलेर कोराना मैदानमा काम गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो । त्यही बमोजिम हामी सबैले क्रियाकलाप गर्नु जरुरी छ । ’

अनुगमन टोली क्वारेन्टिन अनुगमनमा निस्केकोमा खुसी व्यक्त गर्दै तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले सक्दो सतर्कता अपनाइरहेको बताईन् । उनले भनिन्,‘भारतबाट आउनेहरु बिना जानकारी खुसुक्क आउन थालेकोले व्यवस्थापनमा चुनौति निकै थपिएको छ । तर चुुनौतिका बावजुद पनि व्यवस्थापन कार्य अघि बढिरहेको छ । ’

अनुगमनमा प्रमुख जिल्ला अधिकारी थापा,सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा,जिल्ला प्रहरी प्रमुख डिएसपी लालबहादुर धामी लगायत सहभागि थिए । डिएसपी धामीले क्वारेन्टिनमा माइकिङ गर्दै सुरक्षित रहन आग्रह गरे । उनले भने,‘कोराना संक्रमण हुदैँमा समस्या हुदैन् । लक्षण देखिने बित्तिकै उपचार कार्य शुरु भइहाल्छ । ’ सुरक्षा क्षेत्रबाट गर्नु पर्ने सबै सहयोग हुने उनले बताए ।  

टोलीले यहाँका सबै स्थानीय तह भन्दा तिलामा क्वारेन्टिन व्यवस्थापन राम्रो देखिएको बताए । सुरक्षाका हिसावले उपयुक्त ठाउँमा क्वारेन्टिन निर्माण गरेको र अन्य व्यवस्थापनमा पनि सन्तोष हुने खाले काम गरेको उनीहरु बताउँछन् ।

 

 

प्रकाशित: २१ जेष्ठ २०७७ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App