coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

त्रासमा जनता : कोरोना बुझाउन कन्जुस्याई

कोरोना त्रासले घर पर्किएकाहरु । तस्बिर : नागरिक

भोली पल्ट हुँदै गरेको एसईई परिक्षा समेत स्थगित गरेर गत चैत ११ मा एकाएक सुरु गरिएको लामो समयको लकडाउनले जनजीवन अस्तब्यस्त बनेको छ । कोरोनाका बारेमा सामान्य जानकारी समेत नपाएका स्थानीयहरु नाम मात्रैले तर्सिएका हुन । रोग कसरी सर्छ, बच्न के गर्न सकिन्छ वा अन्य उपायका बारेमा सामान्य जानकारी समेत नपाएका कतिपय सर्बसाधारणहरु मानसिक तनाबमा छन् । उनिहरुलाई रोगका बारेमा प्रयाप्त जानकारी दिएको छैन भने दिने प्रयासहरु समेत भएका छैनन् ।  

एकाएक गरिएको लकडाउनपछि शिक्षक, विद्यार्थी, स्थानीय तहका जनप्रतिनिधि सबैले कोरोना बारे प्रयाप्त जानकारी आफूले पनि पाएका छैनन् भने अरुलाई दिन पनि सकेका छैनन् । मानसिक रुपमा भयबित सर्बसाधारण जनतामा सहि सूचना पुर्‍याउन नसक्दा आम नागरिकको दैनिकि कष्टकर बनेको हो । सबैले पत्याएका गाउँमा रहेने शिक्षक, बुद्धिजिबि वा महिला स्वास्थ्य स्वय सेबिकालाई मात्र जनचेतनामा प्रयोग गर्न सकियो भने केहि हदसम्म नागरिकलाई सहि सूचना प्रवाह गर्न सकिने देखिन्छ ।  

केहि विद्यार्थीहरु घरायसी काममा देखिए पनि अधिकांशको दैनिकी त्रासका बिचमा छ । आम नागरिक कारण नबुझेकै कारण त्रासमा छन् । गाउँमा रहेका महिला स्वास्थ्य स्वयसेबिका अनि टोलटोलमा रहेका आमा समूह मार्फत प्रयाप्त जनचेतना दिन सकिने अवस्था छ । अर्को तिर सामाजिक दुरी कायम गर्दै शिक्षकहरुलाई आ–आफ्नो कर्मथलोमा प्रयोग गर्न सकेको भए पनि मानसिक चिन्ता न्यूनीकरणमा सहयोग पुग्ने थियो ।

‘शिक्षकहरु खालि भएको यो अवस्थामा उनिहरुलाई परिचालन गरेर पनि जानकारी दिन सकिन्थ्यो । महिला स्वास्थ्य स्वयसेबिका अनि आमा समूह मार्फत पनि धेरै कुराको जानकारी घर घरमा पुर्‍याउने सम्भावना देखिन्छ ।’ बालकल्याण नमुना माबिका प्रअ मधुसुदन पोख्रेल भन्छन् ‘हामिले विद्यार्थीहरुलाई विद्यालयमै डाक्टर बोलाएर सामान्य जानकारी दिने काम चाहि गरेका थियौ ।’

रोल्पा अस्पतालका डाक्टर अनिल केसि स्थानीयहरु पहिला भन्दा जानकार भए पनि अझै ब्यापक जनचेतना फैलाउन सकेमा राम्रो हुने बताउँछन् । ‘जति सक्दो जानकारी दिनु रोगबाट बच्नका लागि सहज हुन्छ । सकेजतिको जनशक्ति सचेतनामा लगाउनु ठिकै हुन्छ ।’ डा. केसि भन्छन् ‘पहिले भन्दा धेरैमा कोरोना बारे केहि न केहि जानकारी चाहि छ ।’  

स्वास्थ्यकर्मी ब्यस्त भएको समयमा स्थानीय स्तरमा बज्ने रेडियोहरुले निरन्तर कोरोना बारे जानकारी वा सूचनाहरु दिईरहेका छन् । विद्यालयहरुमा पठनपाठन हुन नसकेको यो अवस्थामा त्यहाँका शिक्षकहरुलाई परिचालन गर्नु पर्ने स्थानीयहरु बताउँछन् । लामो समय त्रासमै बितिसकेकाले जनजीवन सहज बनाउन हरसम्भव प्रयासहरु गर्नु पर्ने देखिन्छ ।

 

 

प्रकाशित: २१ जेष्ठ २०७७ १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App