१६ चैत्र २०८० शुक्रबार
समाज

सुनसरीमा थप सात जनामा कोरोना संक्रमण

सुनसरीमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भोक्राहा नरसिंह गाउँपालिका ८ को जामिया जियाउल उलुम मदरसाको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये पीसीआर टेस्ट गर्दा सात जना संक्रमित पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईंले बताए । संक्रमित सवै भोक्राहा नरसिंहकै हुन् ।  

संक्रमित दुई साताअघि भारतबाट आएका थिए । वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो प्रतिष्ठानले जनाएको छ । भारतको गुजरातबाट आएका उनीहरूमा पीसीआर टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएपछि पीसीआर परीक्षण गरिएको हो ।  

पाँच दिन अगाडि कोशी अस्पताल विराटनगरबाट आएका स्वास्थ्यकर्मी टोलीले उनीहरूको स्वाब टेस्ट गरेका थिए । कोरोना संक्रमण पाइएपछि उनीहरूलाई थप उपचारका लागि धरान ल्याइएको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कोरोना उपचार फोकल पर्षन इन्द्र लिम्बुले जानकारी दिए । सुनसरीमा गरिएको कोरोना परीक्षणमा संक्रमितको संख्या ११ पुगेको छ भने केन्द्रीय ल्याबमा परीक्षण गर्दा सुनसरीकै अर्का एक जनामा पनि भेटिदा कुल १२ पुगेको छ । 

प्रकाशित: २१ जेष्ठ २०७७ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App