१६ चैत्र २०८० शुक्रबार
समाज

ताप्लेजुङबाट विदेशिएका नागरिकको संख्या ७ हजार बढी

ताप्लेजुङबाट रोजगारी, भ्रमण अध्ययन र उपचारका लागि विदेशिएका नागरिकको संख्या ७ हजार २१६ जना रहेको पाइएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार यहाँका ९ स्थानीय तहका वडा समितिमार्फत रोजगारी, भ्रमण अध्ययन र उपचारका लागि विदेशिएका नागरिकको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको छ । उनका अनुसार यि ४ कारणले भारत बिदेशिका नागरिकको संख्या ६ सय ७ जना रहेको छ ।  

भारत बाहेक तेस्रो मुलुक गएका नागरिकको संख्या ६ हजार ६०९ जना रहेको छ । प्रजिअ निरौलाका अनुसार फुङ्लिङ नगरपालिकाबाट भारत गएका नागरिकको संख्या १ सय २ र भारतबाहेक तेस्रो मुलुक गएका नागरिकको संख्या १ हजार १४४ जना गरी कूल १ हजार ५४६ जना बिदेशिएका छन् । यस्तै फक्ताङ्लुङ गाउँपालिकाबाट ३७ जना भारत र ५ सय २३ जना अन्य तेस्रो मुलुक गरी ५ सय ६० जना, मिक्वाखोला गाउँपालिकाबाट ३२ जना भारत र ३ सय ५१ जना अन्य तेस्रो मुलुक गरी ३ सय ८३ जना र मेरिङ्देन गाउँपालिकाबाट ८० जना भारत र ७ सय १ जना अन्य तेस्रो मुलुक गरी ७ सय ८१ जना बिदेशमा रहेको बिबरण जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको छ ।  

यस्तै मैवाखोला गाउँपालिकाबाट ९७ जना भारत र ५ सय ९४ जना अन्य मुलुक गरी ६ सय ९१ जना, आठराई त्रिबेणी गाउँपालिकाबाट ४९ जना भारत र ७ सय ८० जना अन्य मुलुक गरी ८ सय २९ जना, पाथीभरा याङ्वरक गाउँपालिकाबाट ७४ जना भारत र ९ सय ३४ जना अन्य मुलुक गरी कूल १ हजार ८ जना रोजगारी, भ्रमण अध्ययन र उपचारका लागि बिदेशीएको तथ्याङ्क प्राप्त भएको प्रजिअ निरौलाले बताए । 

सिरिजङ्घा गाउँपालिकाबाट १ सय २६ जना भारत र ८ सय ७३ जना अन्य मुलुक गरी ९ सय ९९ जना तथा सिदिङ्वा गाउँपालिकाबाट १० जना भारत र ४ सय ९ जना अन्य मुलुक गरी ४ सय १९ जना रोजगारी, भ्रमण अध्ययन र उपचारका लागि बिदेशीएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले उडान उद्धार गरी ल्याउनुपर्ने अवस्था आएमा सो प्रयोजनका लागि ताप्लेजुङबाट रोजगारी, भ्रमण अध्ययन र उपचारका क्रममा भारतसहित तेस्रो मुलुक गएका नागरिकको तथ्याङ्क यहाँका सबै वडा समितिमार्फत स्थानीय तहले गर्ने निर्णय गरेको थियो ।  

 

प्रकाशित: २१ जेष्ठ २०७७ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App