coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धनकुटाका स्थानीय तहको काममा आधरित राहत कार्यक्रम

धनकुटाका स्थानीय तहले ज्यालादारी मजदुरलाई काममा आधरित राहत कार्यक्रम ल्याएको छ । दैनिक ज्यालादारी गरेर गुजारा चलाउने मजदुर, विपन्न अपाङ्ग,असाह्यहरुको चुलो बल्न छाडेको छ । त्यसैले काममा आधारित भएर राहत दिने योजना अगाडी ल्याएको छथरजोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले बताए ।

 छथर जोरपाटी गाउँपालिकाले राहत वितरण कार्यक्रमलाई रुपान्तरण गरी काममा आधारित खाद्यन्न कार्यक्रम ल्याएको हो । पचास लाखको प्रकोप ब्यवस्थापन कोष स्थापना गरेर  गाँउपालिका भित्रका २१ सय २८ परिवारलाई राहात वितरण गरिसकेको छ । तर लकडाउन लम्बिदै गएकाले शहर र विदेशबाट गाउँ आएकालाई लक्षित गरी कामसँगै खाद्यन्न सहयोग गर्ने कार्यक्रम ल्याएको अध्यक्ष लिम्बुले बताए ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत एकसय जनाभन्दा बढीलाई रोजगारी दिएको छ । गाउँपालिकाको ६ वटै वडामा रोजगारी दिइरहेको अध्यक्ष लिम्बुले बताए । उनीहरुलाई सडकमर्मत ,पोखरी निर्माण, ,सिचाइ कुलो निर्माण, भवन निर्माण लगायतका पुर्वाधार निर्माणमा काममा खटाएको छ । त्यस्तै  खुल्ला तथा सार्बजनिक जग्गाहरुमा बृक्षरोपण ,फलफुल, चियाका विरुवा रोप्ने लगायतका कार्य समेत गरिरहेको अध्यक्ष लिम्बुले बताए । छथरजोरपाटी गाउँपालिकामा शहरबाट ७२ जना र बैदेशिक रोजगारबाट ३७ जना फर्केर आएको रेकर्ड रहेको छ ।  त्यस्तै  तरकारी र  दुद्य उत्पादक किसानलाई  शोधभर्ना सापटी कार्यक्रमबाट सहयोग गरेको छ ।  धितो नराखी ब्याज नलिने गरी ५० प्रतिशत अनुदान दिइरहेको छ ।

त्यसैगरी धनकुटाको चौविसे, सहिदभुमी र साँगुरी गढी गाउँपालिकाले पनि काममा आधारित राहत कार्यक्रम सुरुवात गरेका छन् । ती गाउँपालिकामा विपन्न परिवारलाई पहिचान गरेर काम र ज्याला दिएको सहिदभुमी गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।

टोल विकास समितिबाट गरिब, विपन्न, असाह्य, विदेशबाट रोजगारी गुमाएर फर्केर आएका व्यक्तिको पहिचान गरी वडा कार्यालयले सिफारिस पठाउनु पर्नेछ । वडा कार्यालयको सिफारीसको आधारमा एक हप्ता देखि एक महिनासम्म रोजगारी दिएको अध्यक्ष राईले बताए ।

प्रकाशित: २१ जेष्ठ २०७७ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App