४ वैशाख २०८१ मंगलबार
समाज

बैतडीका पहिलो कोरोना संक्रमित डिस्चार्ज

बैतडीका पहिलो कोरोना संक्रमित युवक १३ औं दिनमा  डिस्चार्ज भएका छन् । जेठ ९ गते कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकले १३ दिनमा कोरोना जितेर डिस्चार्ज गरिएको हो ।

प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा बुधबार र मंगलबार पिसिआर परीक्षण गर्दा लगातार दुई रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले बताए । संक्रमितको संक्रमण पुष्टि भएको १० दिनमा पठाएको स्वाब र त्यसको २४ घण्टापछि पठाएको स्वाबको रिपोर्ट नेगेटिभ आएको हो ।

जिल्ला अस्पताल बैतडीको आइसोलेसन कक्षमा उपचाररत ती युवकलाई बुधबार नै डिस्चार्जको तयारी भएको प्रमुख डा. जोशीले बताए । कर्तव्य ज्यान मुद्धामा गत वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती युवकमा जेठ ९ गते कोरोना पुष्टि भएको थियो । वैशाख १३ गते शिवनाथ गाउँपालिकाकी किशोरी गीता महर मृत्यु प्रकरणमा ती युवक वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए । प्रहरी हिरासतमै उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । 

प्रकाशित: २१ जेष्ठ २०७७ ०८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App