८ वैशाख २०८१ शनिबार
समाज

कर्णालीमा कोरोना संक्रमितको संख्या २७१ पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या २७१ पुगेको छ । बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार पीसीआर परीक्षणका क्रममा कालिकोटमा चार महिनाको बालकसहित सात, दैलेखका सात र सल्यानका दुई जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।  

मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा कालिकोटको महावै गाउँपालिका–२ का १७ वर्षका पुरुष, वडा नं. ४ का चार महिनाका बालक र २४ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै कालिकोटकै तिलागुफा नगरपालिका–२ का २१ वर्षका पुरुष, पलाता गाउँपालिका–७ का ४२ वर्षीय पुरुष, शुभकालिका गाउँपालिका–३ का २१ वर्षीय पुरुष र सान्नीत्रिवेणी गाउँपालिका–२ का २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । यस्तै दैलेखको नारायण नगरपालिका–२ का २४, २५, २०, ३० र २५ वर्षका पुरुष र दुल्लु नगरपालिका–२ का १७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  

कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दैलेखका एक जना र सल्यानका दुई जनामा कोरोना पुष्टि भएको छ । महाशाखा प्रमुख डा. तिवारीका अनुसार दैलेखको नौमुले गाउँपालिका–८ का २५ वर्षीय पुरुष र सल्यानको कुमाख गाउँपालिका–३ का १९ र २४ जनाका पुरुषमा कोरोना पुष्टि भएको हो ।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतमा गरिएको परीक्षणमा हालसम्म दुई सय ७८ जनामा कोरोना पुष्टि भएको छ,’ महाशाखा प्रमुख डा. तिवारीले भने, ‘ति मध्ये दुई सय ७१ जना कर्णालीका नागरिक हुन् ।’ उनका अनुसार सुदूरपश्चिमको अछाम जिल्लामा संकलन गरिएका स्वाब पनि कर्णालीमा परीक्षण गर्ने गरिएको छ । यसका साथै अन्य प्रदेश र भारतबाट कर्णाली हुँदै सुदूरपश्चिम जाने नागरिकहरुको पनि स्वाब संकलन गरेर कर्णालीमै परीक्षणको व्यवस्था मिलाइएको छ ।

प्रकाशित: २१ जेष्ठ २०७७ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App